दाङमा हालसम्म बच्चा चाेरीकाे घटना भएकाे छैन : प्रहरी प्रमुख वली

चेतना अनलाइन

घाेराही, २७ भदाैं । केही दिन यता सामाजिक सञ्जालमा बच्चा चाेरी भएकाे भन्दै भिडियाे तथा तस्बिरहरू भाइरल भएका छन् ।
छिमेकी मुलुक भारतबाट आएका व्यक्तिहरूले बच्चा चाेरि गर्ने गरेकाे भन्दै सामाजिक सञ्जालमा भिडियाे तथा तस्बिर भाइरल भएका छन् ।
दाङ लगायका विभिन्न जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरूले विज्ञप्ति नै निकालेर सचेत हुन अभिभावकलाई आग्रह गरिरहेका छन् ।

तर, हालसम्म दाङमा बच्चा चाेरीकाे कुनै घटना नभएकाे दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विरबहादुर वलीले चेतना अनलाइनलाई जानकारी दिनुभयाे । “दाङमा अहिलेसम्म बच्चा चाेरीकाे घटना भएकाे छैन, सामाजिक सञ्जालमा आइरहेका खबरहरूका बारेमा हामीले अध्ययन गरिरहेका छाेेैं,” एसपी वलीले भन्नुभयाे, “दाङका कुनेै विद्यालय वा घरमा बच्चा चाेरी भएकाे घटना हाम्राे रेकर्डमा छैन ।”

यसैबीच तुलसीपुर १५ पहेलपारमा हिजाे आइतबार बच्चा चाेरकाे आराेपमा स्थानीयकाे नियन्त्रण परेकी महिलामा सुस्तमनस्थित र मानसिक समस्या रहेकाे पाइएकाे छ।

एक स्थानीयकाे घरमा प्रवेश गरेकी उक्त महिलालाई बच्चा चाेरकाे आराेपमा स्थानीयले नियन्त्रण लिएर प्रहरीलाई बुझाएका थिए । तर, उनले बच्चा चाेरी गर्ने गरेकाे कुनै आधार भेटिएको थिएन । मानसिक स्वास्थ्यमा समस्या देखिएकी तथा नाम, ठेगाना खुल्न नसकेकी उक्त महिलाका परिवारलाई सम्पर्कमा आउन आग्रह गरिएकाे छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *