अखिल (क्रान्तिकारी) छात्रा विभागको प्रमुखमा प्रविना अधिकारी चयन 

चितवन । अखिल (क्रान्तिकारी) को केन्द्रीय छात्रा विभाग प्रमुखमा प्रविना अधिकारी चयन भएकी छन् । ‘सम्पति र सत्तामा समान सहभागिता, शिक्षा र रोजगारी सहितको आत्मनिर्भरता’ भन्ने मुल नारासहित भाद्र २५ र २६ गते दुई दिनसम्म चलेको चितवनको केन्द्रीय भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

चितवनस्थित स्कुल अफ हेल्थ साइन्समा सम्पन्न बन्दसत्रले विभागको उपप्रमुखमा विद्यार्थी नेतृहरु देवकी कार्की र पार्वती शर्मा तथा सचिवमा इन्दिरा पुरीलाई चयन गरेको अखिल (क्रान्तिकारी) नेतृ मुना काप्रीले जानकारी दिइन् ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले रामपुरस्थित कृषि क्याम्पसमा उद्घाटन गरेको भेलालाई अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहसहित चर्चित पूर्वविद्यार्थी नेतृ कञ्चन खनाल, माओवादी (केन्द्र) चितवन अधयक्ष आर.सी अधिकारी लगायतले प्रशिक्षण दिएका दिएको विद्यार्थी नेतृ मुना काप्रीले जानकारी दिइन् ।

देशभरबाट ५ सय छात्रा प्रतिनिधि सहभागि रहेको भेलामा सात वटै प्रदेशबाट दुई/दुई जनाले प्रतिनिधिमुलक रिपोर्टिङ गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *