चेतना अनलाइन
घाेराही । “विद्यार्थीसँग अखिल क्रान्तिकारी” जागरण अभियान दाङ जिल्लाका कलेज तथा विद्यालयहरूमा सञ्चालन भइरहेकाे छ ।
जिल्लाका सबै कलेज तथा विद्यालयमा जागरण अभियान सञ्चाला गरिने अखिल क्रान्तिकारी दाङका संयाेजक गिरबहादुर महराले जानकारी दिनुभयाे । “हामी दाङका सबै शिक्षालयहरूलाई अखिल क्रान्तिकारीमय मनाउने अभियानमा छाैं,” उहाँले भन्नुभयाे, “कलेज तथा विद्यालयहरूमा भइरहेका बेथिति राेक्ने हाम्राे अभियान हाे ।”
यसैबीच बिद्यार्थीसँग अखिल (क्रान्तिकारी) तथा बिद्यार्थी जागरण अभियान महेन्द्र बहुमुखी क्याम्पमा विएस्सी वायाे दोस्रो बर्षमा सम्झना डागिँ को अध्यक्षता १९ सदस्यीय कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षहरुमा सन्जु पौड्याल, आवास आचार्य र इसु खड्का सचिबमा पुनम रेग्मी , सह सचिबहरुमा अस्मिता बिष्ट, सुनिता पोख्रेल र कोषाध्यक्षमा राधिका केसि रहनुभएकाे छ ।
अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेता दिपक वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्याम्पस नेता प्रकाश साही र हुमेश डाँगी लगायतले मन्तव्य राख्नु भयको थियो । कार्यक्रमको सञ्चालान एकराज नेपालीले गर्नु भएको थियो ।