माओवादीले एमालेको नाम भजाएर कांग्रेससँग भाग माग्दैछ : शंकर पोख्रेल

घाेराही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिट बाँडफाँटमा सहमति नजुट्दा गठबन्धनमा लफडा भइरहेको बताउनुभएकाे छ । उहाँले माओवादीले एमालेको नाम भजाएर कांग्रेससँग भाग मागिरहेको दावी समेत गर्नुुभयाे ।

प्रेस चौतारी नेपाल दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले माओवादीसँग यो चुनावमा कुनै खालको गठबन्धन नहुने भन्दै आवश्यकता अनुसार स्थानीय स्तरमा गठबन्धन गर्ने व्यवस्था मिलाइएको पनि बताउनुभयाे ।

महासचिव पोख्रेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा दाङ-२ बाट प्रतिनिधि सभा सदस्यमा आफू लड्ने घोषणा पनि गर्नुभयाे । दाङ-२ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेर जित्ने र संसदको यात्रा तय गर्ने उहाँको दावी थियो।

दाङलाई स्थायी राजधानी बनाउन आफूले बोले अनुसारको बाचा पूरा गरेको भन्दै उहाँले अहिले पाँच दलीय गठबन्धन सरकारले स्थायी राजधानीमा सबै संरचना सार्न आलटाल गरिरहेको आरोप लगााउनुुभयाे ।

‘मुलुकमा पाँच दलीय गठबन्धनको सरकार भएका कारण स्थायी राजधानी दाङको भालुवाङमा प्रदेश भवनदेखि सबै मन्त्रालय सार्ने उसैको जिम्मेवारी हो। छिट्टै सबै स्थायी राजधानीमा सर्छ होला भन्ने मैले विश्वास लिएको छु,’ पोखरेलले भन्नुुुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *