दाङ क्षेत्र नं २ बाट माओवादीले गर्याे तीन जनाकाे नाम सिफारिस

चेतना अनलाइन

घाेराही । आगामी मंसिर ४ गते हुन थालेकाे प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रले दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाकाे नाम सिफारिस गरेकाे छ ।

दाङ निर्वाचन क्षेत्र नं २ मा माओवादीबाट केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महरा, स्थायी समिति सदस्य रेखा शर्मा र दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यकाे नाम सिफारिस गरिएकाे माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिनुभयाे ।

संघीय निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष भक्तबहादुर वलीकाे अध्यक्षता एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा बसेकाे बैठकले प्रतिनिधिसभामा दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाकाे नाम सिफारिस गर्ने निर्णय गरेकाे बैठक पछि माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *