सिंचाइँ कुलो मर्मत गर्न वाइसिएलको श्रमदान

खेमराज न्याेैपाने ।   नेकपा माओवादी केन्द्र सहायक संगठन वाइसिएल नेपालका कार्यकर्ताहरुले घोराही १६ र ७ को सिमानामा रहेको बेसाइ कुलोमा श्रमदान गरेका छन् । करीब पाँच छ सय बिघा क्षेत्रफलमा सिचाइ हुने सर्रा–बेसाही कुलोको बाँध सेवार खोलाले बगाएको थियो । सो बाँध निर्माण गर्न वाइसिएल कार्यकर्ताहरुले श्रमदान गरेका हुन् ।

वडा नम्बर १६ को भेलापछि वाइसिएलका नेता कार्यकर्ताले खोलामा पुगेर श्रमदान गरेका हुन् ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तुलसी डाँगी ‘मिलन’ले अब युवालाई श्रमसँग जोडेर लैजानुपर्ने बताउनुभयो । युवालाई कृषिमा जोडेर देशको अर्थतन्त्र बलियो बनाउन युवाहरुको बिशेष भूमिका रहने पनि उहाँले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *