तुलसीपुर, २२-भदौ / तुलसीपुर उपमहानगरपालिकामा बुधबारदेखि राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ताको काम वडाबाट सुरु भएको छ । तुलसीपुरमा तीन चरणमा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ताको काम हुने तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा तुलसीपुरको वडा नं. ५, ६, ७,९,१२ र १८ मा राष्ट्रिय परिचयपत्रको काम हुने भएको छ । त्यसैगरी दोस्रो चरणमा वडा नं. ३ ,४ ,८, १०, ११, १७, १९ मा र तेस्रो चरणमा वडा नं. १, २, १३, १४, १५ र १६ राष्ट्रिय परिचयपत्रको काम हुने भएको हो ।