एकीकृत समाजवादीका प्रदेश सदस्य सहित ८ जना माओवादीमा प्रवेश

चेतना अनलाइन

घाेराही, २० भदाै । नेकपा एकीकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेश सदस्य विष्णु थापा सहित विभिन्न तहका ८ जना नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

साेमवार माओवादी केन्द्रकाे जिल्ला समन्य समिति दाङकाे बैठकमा उनीझप्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन वराल, दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य लगायतले पार्टीमा स्वागत गर्नुभएको थियोे । पार्टी प्रवेश गर्नेहरुमा प्रदेश सदस्य थापा सहित जिल्ला सदस्य यम राज भण्डारी ,नगर सदस्य नर बहादुर केसी ,कृष्ण कुमार उपाध्याय,सावित्रा चाैधरी,कल वहादुर चाैधरी,वडा सदस्यहरु झग्गु नेपाली र राम सुरत नेपाली रहनु भएको छ ।

उनिहरुलाई उचित जिम्मेवारी दिएर पार्टी सङ्गठनवाट अगाडि बढाउने माओवादी केन्द्र दाङका जिल्ला सचिव विश्वराज आचार्यले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *