घोराहीमा डेंगुका विरामीको संख्या १४८ पुग्यो

चेतना अनलाइन
घोराही, १९ भदौ । घोराहीमा डेंगुका विरामीको संख्या १४८ पुगेको छ ।

डेंगु रोगको महामारी नियन्त्रणका लागि आज घोराहीमा जनप्रतिनिधि,स्वास्थ संस्था प्रमुख तथा सरोकारवालाहरुका लागि आयोजना गरिएको पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम यस्तो जानकारी दिईएको हो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका ल्याब टेक्निसियन अधिकृत देवीलाल डाँगीले घोराही भित्रका अस्पतालहरुमा डेंगुका बिरामीहरुको संख्या १६ गते सम्म राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५८ जना, नेशनल प्याथोलोजी ११ जना, मितेरी अस्पतालमा ३ जना, गोरखा अस्पतालमा १३ जना, बुद्धअस्पतालमा ४३ जना र दिपज्योती अस्पतालमा २० जना गरेर जम्मा १४८ जनामा डेंगी देखिएको उहाले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका अन्तरगतको सामाजिक विकास समितिका संयोजक तथा घोराही १ का वडा अध्यक्ष राममणी पाण्डेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा उपप्रमुख हुमा डसी, वडा अध्यक्षहरुलगायत सरोकारवालाको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

उपमहानगरपालिका अन्तरगतको स्वास्थ्य शाखाका प्रमुख नारायण घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शाखाका ठाकुर खनालले गर्नुभएको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *