दाङ्ग जिल्ला जग्गा व्यवसायी समितिको अध्यक्ष भिमराज खनाल निर्वाचित

चेतना अनलाइन

घाेराही, १८ भदाै । दाङ्गमा जग्गा व्यवसायी समिति गठन गरिएको छ । जिल्लामा रहेका जग्गा व्यवसायीको साधरण भेला घोराही उपमहानगरपालिकामा रहेको डोको होटलमा सम्पन्न भएको छ।

साे भेलाले ७५ सदस्यीय समिति गठन गरेको छ।

उक्त भेलाले अध्यक्ष भिमराज खनाल,उपाध्यक्षमा प्रकाश चन्द्र अधिकारी ,सचिवमा चुमान चाैधरी,कोषाध्यक्षमा ओमभक्त बि.सी,सदस्यमा प्रकाश आचार्यलगायतका निर्वाचित हुनुभएको छ।

जग्गा व्यवसायीका तमाम पिर,मर्का र समस्याहरू रहेकाले ती सबै समस्याकाे समाधान गर्न समिति गठन गरिएकाे सहभागीहरूले बताएका छन् ।

राज्यका आफ्नै निति नियाम छन् ।कसरी जग्गा व्यवसायीका समस्यालाई सहज रुपमा सम्बोधन गर्न सकिन्छ भन्ने हेतुले समिति गठन गरिएको अध्यक्ष भिमराज खनालले बताउनु भयो।

हामीले राज्यलाइ नै सहयाेग हाेस् भन्ने उद्देश्यका साथ समिति गठन गरेर अगाडी बढे्काे अध्यक्ष खनालले बताउनु भयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *