जनअधिकार प्राप्त गर्न माओवादी निरन्तर लागिरहन्छ : महरा

चेतना अनलाइन

दाङ, १८ भदौ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादीले जनअधिकार प्राप्त गर्न निरन्तर लागिरहने बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको बैठकलाई भालुवाङ्मा सम्बोधन गर्र्दै महराले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समुदायगत सहभागितामा जोड दिइने बताउनुभयो ।

पूर्वसभामुख तथा पार्टीका उपाध्यक्ष महराले आदिवासी जनजातिको हक अधिकारको लागि लामो समय संघर्ष गरिरहेको स्मरण गर्दै जनयुद्धकै कारण यी उपलव्धि सफल भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “जनयुद्धकै कारण सिमान्तकृत समुदायले अधिकार प्राप्त गर्न धेरै हदसम्म सफल भएका छन्, प्राप्त उपलब्धिलाई संस्थागत गर्र्दै, थप अधिकारको लागि ंसंघर्ष आवश्यक छ ।” उपाध्यक्ष महराले संविधानको कार्यान्वयन र प्राप्त उपलब्धि संस्थागत गर्नको लागि पनि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य जोखबहादुर महरा, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर), पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य लगायतको सहभागिता रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *