माओवादीबाटै सबैको अधिकार सुरक्षित : महरा

दिवाकर पोख्रेल
देउखुरी, भदौ १८ गते । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादीले जन अधिकार प्राप्त गर्न निरन्तर लागि रहनु बताउनु भएको छ ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको बैठकलाई भालुवाङ्मा सम्बोधन गर्र्दै महराले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समुदायगत सहभागितामा जोड दिने बताउनुभयो । उहाँले आदीवासी जनजातीको हक अधिकारको लागि लामो समय संघर्ष गररहेको स्मरण गर्दै जनयुद्धकै कारण यी उपलव्धी सफल भएकोदावी गर्नुभयो । उहाँले भन्नुभयो, “जनयुद्धकै कारण सिमान्तकृत समुदाय अधिकार प्राप्त गर्ने धेरै हदसम्म सफल भएका छन्, प्राप्त उपलब्धिलाई संस्थागत गर्र्दै, थप अधिकारको लागि संघर्ष आवश्यक छ ।”

पूर्व सभामुख समेत रहनु भएका कृष्णवहादुर महराले संविधानको कार्यान्वयन र प्राप्त उपलब्धि संस्थागत गर्नको लागि पनि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

यस्तै बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य जोखबहादुर महरा, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर), दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य लगायतको सहभागिता थियो ।

जसपाकी केन्द्रीय सदस्य माओवादीमा

जनता समाजवादी पार्टीकी केन्द्रियसदस्य लक्ष्मी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

उहाँलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष लक्ष्मी चौधरीले स्वागत गर्नुभएको हो । चौधरी जसपाको लुम्बिनी प्रदेश सचिव पनि हुनुहन्थ्यो । उहाँ भरखरै जिल्ला भूमि आयोगको विज्ञ सदस्यको रुपमा नियुक्त हुनुभएको थियो ।

पार्टी प्रवेश गर्दै लक्ष्मी चौधरीले नेकपा माओवादीबाटै जनजाती अधिकारको लागि थप आन्दोलन गर्न सहज हुने र जनआन्दोलनमा माओवादीको भूमिका ठूलो भएको बताउँदै, उहाँले अब माओवादीमा रहेर सङ्गठन विस्तारमा लाग्ने बताउनुभयो ।
उहाँलाई स्वागत गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराले उहाँलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउनुभयो ।

जसपाबाट बावुुराम भट्टराई अलग भइसकेपछि उपेन्द्र यादव नेतृत्वको जसपाले उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । चौधरी लामो समय आदीवासी जनजाती आन्दोलनमा खारिएको नेतृ हुनुहुन्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *