वाइसीएल घाेराहीकाे चाैंथाे भेला सम्पन्न

घाेराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रकाे सहायक संगठन याेङ कम्युनिस्ट लिग (वाइसीएल) घाेराहीकाे भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ ।

संगठनका नगर अध्यक्ष कुशल बुढाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाेल्दै प्रमुख अतिथि माओवादी केन्द्र दाङ जिल्ला सचिव विश्वराज आचार्यले मुलुकमा सुशासन र भ्रष्टाचार मुक्त बनाउन वाइसीएलले अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयाे । उहाँले समाजमा रहेकाे व्याप्त लागू ओैषध दुर्व्यसनी तथा कुप्रथा अन्त्यका लागि वाइसीलले कदम चाल्ने आचार्यले धारणा व्यक्त गर्नुभयाे ।

“समाजमा भइरहेका कुरिति राेक्नका लागि वाइसीएलले आवश्यक परेकाे खण्डमा बल प्रयाेग गर्नुपर्ने हुन सक्छ,” आचार्यले भन्नुभयाे, “वाइसीएलले कानुनलाई कहिले उल्लंघन गर्दैन तर, यदि कसैले कानुनको धज्जी उडाउछ भने त्यसलाई तह लगाउन वाइसीएलले जानेकाे छ ।”

कार्यक्रममा वाइसीएल दाङका अध्यक्ष माधव बुढाथोकी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जंग राेका, प्रेस सेन्टर नेपालका दाङ जिल्ला इञ्चार्ज प्रकाश चाैधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *