बेपत्ता विरुद्धको दिवसका अवसरमा शैक्षिक सामग्री वितरण

घोराही, १४ भदौ । दाङको तुलसीपुरमा बेपत्ता परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

मंगलबार बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा तुलसीपुर –१५ गब्दहवा स्थित बेपत्ता परिवारका दिनेश दहित, दिपेश दहित, सिर्जना चौधरी, विरन चौधरी, गाउत्री चौधरी, लिला चौधरी, सदिक्षा चौधरी, पिष्मा विष्ट, प्रयास विष्ट र कृतिका चौधरी गरि १० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

द्धन्दपीडित सञ्जाल दाङको आयोजना एवं टिपिओ नेपालको आर्थिक सहयोगमा उक्त सामग्री वितरण वितरण गरिएको थियो ।

सञ्जालकी सदस्य सितली चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका बारेमा जानकारी दिदै संजालका अध्यक्ष प्रकाश चौधरीले बेपत्ता पारिएका पीडितहरुको सवालमा राज्य गम्भिर बन्न नसकेको बताउनुुभयो । उहाँले आजसम्म बिभिन्न आयोग गठनगरे पनि वेपत्ता पारिएकालाई नागरिकको अवस्था सार्वजनिकीकरण गर्न नसक्नु राज्यको ठुलो कम्जोरी रहेको बताउनुुभयो ।

बेपत्ता पिडित एवं कार्यक्रमका प्रमुख अतिथी समेत रहनुुभएका चौधरीले वेपत्ता पारिएका परिवारका आफन्तले आफना परिवारका सदस्यलाई सम्झना बाहेक केही गर्न नसक्ने बताउनुुभयो ।

उक्त कार्यक्रममा वेपत्ता पारिएका लक्ष्मण चौधरीकी श्रीमति सुरजि चौधरी र उहाँका छोरा टेकबहादुर चौधरी, गाउँका मट्वा जुठीलाल चौधरीले शान्ति सम्झौता भएको लामो समय वितिसक्दा पनि द्वन्दपीडितका तथा वेपत्ता पारिएको परिवारको अवस्था ज्यूँका त्यूँ रहेको बताउनुभयो ।

वेपत्ता पारिएका आफना मान्छेको सम्झना र फर्केर आउने आशमा अहिलेपनि बसिरहेको बताउनुुभयो । द्वन्दकालमा यातना पाएका परिवारले अहिलेपनि विगतका कुरा बिर्सना नसकेको बताउनुभएको थियो ।

वेपत्ता पारिएका लेपबहादुुर विष्टका छोरा शंकर विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संजालका सदस्य सुरेश सुवेदीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *