मोटरसाईकल ठक्करबाट मृतक वलीको शब दुुईदिनदेखि अलपत्र

भदौ ५ गते बिहान ११ मोटरसाईकल ठक्करबाट तुुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारा निवासी ७१ वर्षिय मोती वली घाइते भए । उनको प्रारम्भीक उपचारपछि थप उपचारका लागि उनलाई कोहलपुर मेडिकल नेपालगंज रिफर गरियो । उपचारका क्रममा उनको बुधवार ८ गते साँझ मृत्युुभयो । वलीको स्वास्थ्य उपचारका लागि कोहलपुर पुुगेका ठक्कर दिने मोटरसाईकल धनी र चालकका आफन्तहरुको वलीको निधनपछि फरार भए । उपचारमा गर्न गएकाहरु फरार हुुदा वलीको शब दुुईदिनदेखि कोहलपुुर मेडिकल कलेज शब गृहमा अलपत्र परेको छ ।
मृतकको शब पोष्टमार्टमका लागि पीडितहरुको आर्थिक रहेको र ठक्करदिने मोटरसार्इृकल धनी र चालकको उपचारमा संलग्न आफन्तहरु फरार हुुदा शब गहृमा शब अलपत्र अवस्थामा थन्किएको छ । पीडितहरुको उजुुरीको आधारमा ईकाला प्रहरी कार्यालय अस्पतालबाट शब बाहिर निकाले पनि पोष्टमार्टम गर्ने पैसा नहुुदा शव अलपत्र परेको मृतकका भतिज रणबहादुर वलीले जानकारी दिए ।

उपचार शुःल्क मोटरसाईकल धनी र चालक आफन्तहरुले नबुझाउदा मृतकको शब आफन्तहरुले घर लिन पाएका छैनन । मृतकका भतिज रणबहादुुर वलीले भने– ‘ काकाको निधनपछि मोटरसाईकल धनि र चालकको आफन्त स्वास्थ्य उपचारको पैसा नबुझाई फरार भएपनि अस्पतालमा शब लिन पाएका छैनौं । ’ मृतको शब अस्पतालबाट निकाल्न आफन्तहरुले हरप्रयास गरीरहे पनि अस्पतालले त्यो अस्वीकार गरिरहेको उनले बताए ।

दंगीशरण गाउँपालिका वडा नंं ५ कविराम चौधरीको मोटरसाईकल तुुलसीपुर उपमहानगरपालिका वडा नंं ५ रानीजरुवा निवासी सुवास परियारले चलाउदा ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुुलसीपुरले जनाएको छ । प्रहरीका अनुुसार ठक्करदिने मोटरसाईकल, मोटरसाईकल धनी र चालक प्रहरी नियन्त्रणमा रहेको जनाएको छ । इलाका प्रहरी कार्यालय तुुलसीपुरले पीडितको उजुुरी आएका मोटरसाईकल धनि र चालक हिरासतमा रहेकाले उनीहरुको अन्य आफन्तलाई बोलाई शब निकाल्ने बताएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *