२६ घण्टासम्म पनि फेला पर्न सकेनन् अम्मर, खोजीकार्य जारी

दाङ, ७ भदौ । दाङमा ड्याममा डुबेर बेपत्ता भएका एक युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ११ बजेतिर घोराहीको कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएका घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरीलाई ३२ घण्टा बित्नै लाग्दा पनि फेला पार्न नसकेकोे जिल्ला प्रहरी प्रमुख एसपी शुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

ड्याममा डुबे लगत्तै खोजि कार्य जारी राखेपनि ३२ घण्टा बित्नै लाग्दा पनि फेला पार्न नसकेको उहाँले बताउनुभयो । वेपत्ता भएका चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको उहाँले बताउनुभयो । माटो धेरै भएकाले खोजी गर्न समस्या भईरहेको उहाँले बताउनुभयो । खोजीकार्य जारी रहेको समेत उहाँको भनाई छ ।

बेपत्ता भएकाे यति लामाे समयसम्म पनि फेला नपरेपछि परिवारजनमा थप पीडा भइरहेकाे छ । परिवारका सदस्यहरूले खाेजि कार्यलाई तीब्रता पार्न आग्रह गरेका छन् ।

यसैबीच नेकपा माओवादी केन्द्रका पाेलिट ब्युराे सदस्य निर्मल आचार्यले बेपत्ता चाैधरीकाे घरमा पुगेर दुःख ब्यक्त गर्नुभएकाे छ ।
उहाँले अहिलेसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जारिराखेकाे खाेजि कार्य सराहनीय भए पनि अत्याधुनिक प्रविधिकाे अभावमा फेला पार्न मुस्किल भएकाे बताउनुभयाे । आचार्यले तत्काल गाेताखाेर ल्याएर खाेजी कार्य अगाडि बढाउन दाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई आग्रह गर्नुभएको थियाे ।

उहाँले परिवारजनलाई दुःखकाे यश घडीमा धैर्यधारण गर्न समेत आग्रह गर्नुभएकाे छ । बेपत्ता चाैधरीका परिवारलाई भेट्न १७ नम्बर वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरू पनि पुग्नुभएकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *