क्रान्तिकारीको विद्यार्थी जागरण अभियान जारी

घाेराही, ६ भदाै ।  अखिल क्रान्तिकारी दाङले शुरु गरेको विद्यार्थीसँग विद्यार्थी जागरण अभियान जारी रहेको छ । अभियान अन्तरगत क्रान्तिकारीले घोराहीको गोरक्षरत्ननाथ मा.वि. चौघेरामा सुस्मिता सुनारको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
जसको उपाध्यक्षहरुमा निकास राना मगर,निस्चल बिक, सरु चौधरी,सचिवमा सृजना आचार्य, सह सचिवहरुमा सागर राना,रमिता ओलि,सपना चौधरी,कोषाध्यक्षमा विशाल बिक र खेलकुद बिभाग प्रमुखमा सोहन महर्जन रहेकाछन ।
प्रदेश कमिटि सचिवालय सदस्य प्रतीक अधिकारीको प्रमुख आतिथ्यता एबम संगठनका दाङ जिल्ला संयोजक गिर बहादुर महराको विशिष्ट आतिथ्यतामा भएको भेलामा प्रदेश कमिटि सदस्य खिमलाल न्यौपाने, दाङ जिल्ला कार्यालय सदस्य गोबिन्द मल्ल, अखिल क्रान्तिकारीका नेता दिनेश बिस्वकर्माले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन नगर कमिटी सचिवालय सदस्य बिकास लम्सालले गर्नु भएको थियो ।
त्यसैगरी विद्यार्थी जागरण अभियाण अन्तरगतको अभियानले घोराहीको ज्ञानसिन्धु कलेजमा बिनोद पुनको अध्यक्षतामा ३५ सदस्यीय ज्ञद्द कक्षा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षहरुमा अर्जुन भन्डारी, बिष्णु महरा,तिलक पुन मगर,सचिबमा मनिशा जि सि,सह सचिवहरुमा उर्मिला डाँगी,हर्किमन पुन मगर र कोषाध्यक्षमा बिबा घर्तिमगर रहेका छन ।
अखिल क्रान्तिकारी दाङका कार्यालय सदस्य अभियानका घोराही कमान्डर हिमाल महराको प्रमुख आतिथ्यता एबम दाङ जिल्ला कार्यालय सदस्य गोबिन्द मल्लको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पसका नेता दिपक ओलीले गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *