कपिल लामिछाने
जन्मदिन भन्ने बित्तिकै हामीहरु रमाइलो, पार्टी घुमघाम भन्ने बुझ्छौँ तर तुलसीपुर-१८ निवासी राजन लामिछानेले यो कुरालाई गलत सावित गरेका छन् ।
राजन लामिछानेले आफ्नो ३२ आौँ जन्मदिनको अवसर पारेर आज एक कार्यक्रमका बिच लामो समयदेखि आन्द्राको समस्याले ग्रसित भएका चन्द्र प्रकाश भण्डारी, र क्यान्सर रोगले पिडित लिलाराम वलीलाई आर्थिक सहयोग गरेका छन् ।
पिडितहरु हाल काठमाडौंमा उपचार्थ छन् उनहरुका लागी लामिछानेले जन्मदिनको अवसर पारी गरेको सहयोग चन्द्र प्रकाश भण्डारीका अंकल तुलाराम भण्डारी र लिलाराम वलीको सहयोग निजका बुवा हर्क बहादुर वलीले ग्रहण गरेका थिए ।
जनही लिलाराम वलीलाई १० हजार ५ र चन्द्र प्रकाश भण्डारीलाई ५ हजार ५ रुपैया नगद हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नगरकार्यपालिकाका सदस्य लक्ष्मण बिश्वकर्मा, स्थानिय समाजसेवि तुलाराम भण्डारी बारुद, दुधरास मा.बि.का बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर कुसारी लगाएतले समाजमा राजन जस्ता ब्यक्तिहरु जन्मिनु पर्ने र सबैलाई उहाँले गरेजस्तै महान कामहरु गर्नका लागी आग्रह गर्नुभएको थियो ।