प्रतिष्ठानमा साउनमा सर्वाधिक २८३ निःशुल्क डेलिभरी

घोराही, ३१ -साउन/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महीनामा एकसय बढी महीलाले निःशुल्क प्रसुति सेवा पाएका छन् । प्रतिष्ठानले वैशाख १ गतेदेखि निःशुल्क प्रसुति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महीलाको सख्या पछिल्लो महीनाहरुमा अत्यधिक बढेको छ । आइसियु, भेन्टीलेटर, वच्चाको लागि एनआइसियु, पिआइसियु सेवासहित विशेषज्ञ चिकित्सक थपेपछि बिरामीहरुको चाप अस्पतालमा विगतको भन्दा धेरै बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताए ।

उनले सिमित स्रोत साधनको वावजुद पनि राम्रा–राम्रा विशेषज्ञ चिकित्सक थप्ने तयारीमा प्रतिष्ठान रहेको जानकारी दिए । प्रतिष्ठानमा अहिले मात्रै दैनिक ओपिडिमा विशेषज्ञ चिकित्सकसंग देखाउने बिरामीको संख्या ७ सय बढि रहेको छ । प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछानेले आफु नेतृत्वमा आएपछि प्रसुति सेवा निःशुल्क गर्ने पहिलो निर्णय गरेका थिए । प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले अस्पतालमा वितेको ४ महीनामा सामान्य र जटिल गरेर ९ सय बढि महीलाले निःशुल्क प्रसुति सेवा पाएको जानकारी दिए । जस अनुसार ५ सय ८८ जना महीलाले नर्मल डेलिभरी सेवा र ३ सय ७९ जना महीलाले जटिल प्रकृतीको प्रसुति सेवा पाएको र प्रतिष्ठानमा प्रसुती सेवा निःशुल्क भएपछि सुत्केरी भएर आउने महीलाको सख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा प्रसुति रोग विशेषज्ञ डा। वसन्त लामीछानेले बताए ।

सुचना अधिकारी भट्टराईका अनुसार गएको बैशाखमा १ सय २८ जना महीलाले नर्मल डेलिभरी, ६८ जना महीलाले जटिल प्रकृतिको प्रसुति सेवा लिएका छन् भने जेठमा १ सय ४० जनाले नर्मल, ९४ जनाले जटिल किसिमको प्रसुति सेवा पाएका छन् । त्यसैगरेर असारमा १ सय ५४ जनाले नर्मल, १ सय जनाले जटिल, साउनमा १ सय ६६ जना नर्मल र १ सय १७ जना महीलाले जटिल प्रकृतिको प्रसुति सेवा पाएका छन् । हाल प्रतिष्ठानमा आएका सुत्केरी महीलाहरुको नर्मल डेलिभरी हुन नसकेको अवस्थामा दैनिक ६ देखी १२ जना महीलाको अप्रेसन गरेर वच्चा निकालिदै आएको छ । प्रतीष्ठानमा प्रसुति रोग विशेषज्ञत्रय डा। बसन्त लामीछाने, शिशिर कवर,सुगन्ध श्रेष्ठ र मेडिकल अफिसर एलिना धितालले प्रसुति बिभागबाट सेवा दिइरहेका छन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *