शहरलाई व्यवस्थित र सुन्दर बनाउन पुर्वाधार निर्माणमा प्राथमिक्ता दिएको छः मन्त्री चौधरी

साउन, २९ घोराही । घोराहीमा निर्माण भएको बहुउदेश्य सभाहलको औपचारीक रुपमा आइतवार उद्घाटन गरिएको छ । सभाहलको उद्घाटन शहरी विकास मन्त्री मेटमणी चौधरीले गरेका हुन ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा सभा हलको निर्माण सुरु गरिएको थियो । सभाहलको उद्घाटन गदै मन्त्री चौधरीले सरकाले पुर्वाधार विकासमा प्राथमिक्ता दिएर काम गरि रहेको बताए । ‘शहरलाई व्यवस्र्थीत र सुन्दर बनाउन पुर्वाधार निर्माणमा प्राथमिक्ता दिएको छ’ मन्त्री चौधरीले भने । पुर्वाधार विकास संगै आर्थिक विकास समेत सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

जिल्लाको पुर्वाधारको विकासमा सबै एक्तावद्ध भएर अगाडि वढनु पर्ने समेत मन्त्री चौधरीले बताए । सभागृह निर्माण सम्पन्न गर्नका लागि १ करोड बजेट दिने समेत बताए । ‘हल निर्माण गरेर मात्र हुदैन यसलाइ सम्पन्न गरिनु पर्दछ ’ मन्त्री चौधरीले भने । मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले संरचना निर्माण मात्र नभइ निर्माण भएका संरचनाको सही सदुपयोग हुनु पर्ने बताए ।

‘बनेको संरचना वाट कसरी रिटन ल्याउने भन्ने चुनौती छ ’ उनले भने । त्यस तर्फ ध्यान दिन समेत आग्रह गरे । कार्यक्रममा वोल्ने बक्ताहरुले सभा हल निर्माण संगै जिल्लामा हुने ठुला कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग पुग्ने बताएका थिए । जिल्लाको नै गर्व गर्न लाएक काम भएको उनीहरुको भनाइ रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव अर्जुन योगी, नेकपा माओवादीका विश्वराज आचार्य, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष सुरामणि वेलवासे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय जनमार्चा समन्वय समितीका टीकाबहादुर वि क, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रममा सभाहल निर्माणका लागि भएको खर्च तथा सभाहलमा रहेका सुविधाका वारेमा संघन शहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख खड्गवहादुर चौधरीले जानकारी दिएका थिए । संघका पुर्व अध्यक्ष हेमराज वन्जाडेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *