कमिरेचाैर, २८ साउन नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले पार्टी र जनप्रतिनिधीबीचकाे समन्वय र सहकार्य आवश्यक रहेकाे बताउनुभएकाे छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ (क) ले बंगलाचुली गाँउपालिकाकाे कमिरेचाैरमा जनप्रतिनिधी र नेपाली कांग्रेसबीच आयाेजना गरेकाे अन्तरक्रीया कार्यक्रममा बाेल्दै उपसभापति खनालले विकास निर्माण र सामाजिक रूपान्तरणकालागी पार्टी र जनप्रतिनिधीबीच सहकार्य र समन्वय हुन आवश्यक भएकाे बताउनुभयाे ।
संविधान सभा सदस्य समेत रहनुभएका खनालले गठबन्धन देशकाे आवश्यकता भएकाे बताउनुभयाे । लिने र दिने अवधारणाका साथ नेपाली कांग्रेस अन्य दलसँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेकाे उहाँले बताउनुभयाे ।
बिगतकाे निर्वातनमा भएकाे समीक्षा गर्दै कमीकमजाेरीलाई सच्याउदै शंक्ती सञ्चयकासाथ आगामी निर्वाचनकाे तयारीमा लाग्न सम्पूर्ण नेता कार्यकर्तामा अनुराेध गर्नुभयाे ।बंगलाचुली गाउपालिका पहाडी गाँउपालिका भएकाले पनि विकासमा केही पछि परेकाले यस क्षेत्रकाे विकासकालागी सबै हातेमालाे गरेर विकास निर्माणमा लाग्न खनालकाे अनुराेध गर्नुभयाे ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह-महामन्त्री खगराज पाण्डेले नेता कार्यकर्तालाई क्रियाशील बनाउनकालागी प्रशिक्षण र उत्प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्न अनुराेध गर्नुभयाे ।
अर्का विशिष्ठ अतिथि नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले कांग्रेसलाई बनाउनकालागी वडा समिति क्रीयाशील हुन आवश्यक रहेकाे बताउनुभयाे । वडा समिति पार्टीकाे जग भएकाले जग बलियाे बनाएर आगामी निर्वाचनकाे तयारीमा लाग्न सम्मूर्ण नेता कार्यकर्तामा अनुराेध गर्नुभयाे ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति माेहनलाल वली, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सचिव आर.के.शीतल, नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधी पूर्णबहादुर मल्ल, बंगलाचुली गाउपालिकाका उपाध्यक्ष भक्तबहादुर जि.सी, नेपाली कांग्रेस बंगलाचुली गाँउपालिका सभापति जागेश्वर अधिकारीले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
बंगलाचुली गाउपालिका १ का अध्यक्ष बिष्णु कवर, वडा नम्बर २ का अध्यक्ष मैते पुन, वडा नम्बर ४ का अध्यक्ष डासबहादुर डाँगी, ५ का वडा सदस्य डम्बर बैजाली, ६ का अध्यक्ष डाेमबहादुर खत्री, सदस्य हिमाल महरा, कार्यपालिका सदस्य गणेश विश्वकर्माले जनप्रतिनिधी भएपछिमा अनुभव व्यक्त गर्नुभएकाे थियाे ।
यस्तै बंगलाचुली गाँउपालिका १ का सभापति बिनाेद गाैतम, २ का कार्यवाहक सभापति ईश्वर राेका, ३ का सभापति गिरबहादुर डाँगी, ४ का सभापति शिवराज परियार, ५ का सभापति केशव जिसी, ६ का सभापति हिराबहादुर घर्ति, ७ का सभापति तेजबहादुर खत्री, ८ का सभापति ज्ञानबहादुर वलीले स्थानीय तह निर्वाचनकाे समीक्षा गर्दै आगामी निर्वाचनका विषयमा भनाई राख्नुभएकाे थियाे ।
क्षेत्र नम्बर २ ‘क’ का सचिव माया पाेख्रेलकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव शिशिर अधिकारीले गर्नुभएकाे थियाे ।