छाेरीसँग प्रेम सम्बन्ध राखेकाे आराेपमा शिक्षकबाट विद्यार्थी कुटिएकाे घटनाप्रति क्रान्तिकारीकाे ध्यानाकर्षण

घाेराही, २६ साउन । अखिल (क्रान्तिकारी) दाङले राजपुर गाउँपालिका जनज्योती मा.वि. वेला कक्षा १२ मा अध्ययनरत विद्यार्थी मन्साराम यादवलाई साेही विद्यालयका शिक्षक पाटेश्वर यादवले निर्घात कुटपिट गरि घाइते बनाएकाे घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

संगठनका दाङ जिल्ला संयाेजब गिरबहादुर महराले विज्ञप्ति जारी गरेर राजपुर गाउँपालिका जनज्योती मा.वि. वेला कक्षा १२ मा अध्ययनरत विद्यार्थी मन्साराम यादवलाई उक्त विद्यालयमा अध्यापनरत निमावि, राहत शिक्षक पाटेश्वर यादवले आफ्नो छोरी सुनिता यादवसँग प्रेम सम्बन्धमा रहेको भन्दै योजनावद्द रुपमा निर्घात कुटपिट गरि गम्भिर घाइते बनाएको उल्लेख गर्नुभएको छ ।

“शिक्षक पाटेश्वर यादवले आफ्नी छोरी सुनिता यादवलाई प्रयोग गरी छोरीको मोवाइलवाट छोरीलाई नै फोन गर्न लगाएर जसरी हुन्छ नाच हेर्न आउ भनेर चोकमा वोलाई ज्यान मार्ने उद्धेश्यका साथ निर्घात कुटपिट गरि गम्भिर घाइते बनाएको कुराले हामीलाई दुखी तुल्याएको छ ।” विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

घटना पछि विद्यार्थी यादवलाई म चोरी गर्न आएको थिएँ, चोरी गर्ने क्रममा घरधनीले फेला पारेको र सामान्य कुटपिटबाट सामान्य चोटपटक लागि घाइते भएकाले कहिँ कतै उजुरी गर्ने छैन भनि नक्कली कागज बनाएर घटनालाई सामान्ययीकरण गर्न खोजेको भन्दै क्रान्तिकारीले खेद प्रकट गरेकाे छ । क्रान्तिकारीले घटनामा संलग्न सबैलाई तत्काल प्रकाउ गरि कानुनी दायरामा ल्याउन अनुरोध गरेकाे छ ।
यस अघि पनि विभिन्न घटनामा विवादित रहेका शिक्षक पाटेश्वर यादवलाई कारबाही गरि तुरुन्त बर्खास्त गर्न माग गरिएकाे छ ।

“नेपालगञ्ज नर्सिङ होममा उपचारत घाइते विद्यार्थी मन्साराम यादवको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च पिडित परिवारलाई उपलब्ध गराउन हुन सम्वन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछौ,” विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *