आलोक भावुक/गढवा
गढवा गाउँपालिका वडा नम्वर – ३ गोबरडिहामा भू संरक्षण दिवस २०७९ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय दाङ र गोवरडिहा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा बृक्षारोपण गरी भू-संरक्षण दिवस मनाईएको छ ।
कार्यक्रमा लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ,उपाध्यक्ष शारदा कुमारी चौधरी, वडा नम्बर – ३ का वडाध्यक्ष तुलसी राम अधिकारी डिभिजनल वन अधिकृत, गोबरडिहा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लगायतका सहभागीता रहेको थियो।
भू तथा जलाधार व्यवस्थापन कार्यालय दाङ, भू संरक्षण दिवश २०७९ एकिकृत जलाधार व्यवस्थापनः माटो पानीको स्याहार, सम्बृद्धिको मूल आधार भन्ने नाराका साथ गढवागाउँपालिका वडा नं. ३ गोबरडिहामा रहेको गोबरडिहा सामुदायिक बनमा बृक्षा रोपण गरिएको सामुदायिक बनले जनाएको छ।
