आलाेक भावुक
गढवा । राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरणको कार्य साउन ३१ गते देखी सुरु हुने भएको छ। सोमबार राप्ती प्राविधिक शिक्षालय दाङको सञ्चालक समितिको बैठकले यही साउन ३१ गते देखी राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरणको कार्य निर्णय गरेको छ।
राप्ती प्राविधिक शिक्षालय दाङको सञ्चालक समिति दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा राप्ती प्राबिधिक शिक्षालयक समितिका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, राप्ती प्राविधिक शिक्षालय दाङरे उपयोग गरेको जग्गा तथा संरचना प्रदेश सरकारलाई उपभोग गर्न दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मिति २०७८/१२/०१ गतेको निर्णय तथा प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सानोठिमीको शिक्षालय स्थानान्तरण सम्बन्धमा प्राप्त पत्र बाट समेत शिक्षालयको स्थानान्तरण कार्य स्रोत साधनको उचित व्यवस्था र वैकल्पिक ब्यवस्था सहित प्रदेश सरकार संग समन्वय गरी स्थानान्तरण गर्ने ब्यवस्था मिलाउनु भनि लेखिआएको तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मुकाम बुटवलमा पनि मुख्यमन्त्री को अध्यक्षतामा बसेको बैठक बाट समेत राप्ती प्राविधिक शिक्षालय लाई
सरस्वती माध्यमिक बिद्यालयमा स्थानान्तरण गर्ने निर्णय भैसकेको हुनाले यही मिति २०७९ असार ३१ गते देखी तिन चरणमा स्थानान्तरण गर्ने निर्णय गरेको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले जानकारी दिनु भयो ।
सोमबार बसेको बैठकमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिस्ट, शिक्षा बिकास समन्वय ईकाईका सदस्य मित्र प्रसाद गौतम, राप्ती प्राविधिक शिक्षालयका प्रशिक्षक प्रतिनिधि समिर पोख्रेल, राप्ती प्राविधिक शिक्षालयका कर्मचारी प्रतिनिधि नारायण भण्डारी, राप्ती प्राविधिक शिक्षालय शिक्षालय प्रमुख शिक्षालय सदस्य सचिव सालिकराम डाँगी, प्रमुख राजनीतिक सल्लाहकार मुख्यमन्त्रीको कार्यलयका प्रमुख अमर बहादुर डाँगी लगाएकतको उपस्थिति रहेको थियो।
सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, स्वास्थ्य मन्त्री इन्द्रजित चौधरी, गढवागाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल लगायतको टोलीले गढवा गाउँपालिका ३ स्थित सरस्वती माध्यमिक बिद्यालय गोवरडियामा निर्माण भैरहेको राप्ती प्राविधिक शिक्षालयको स्थलगत अवलोकन गरेको थियो ।
अनुगमनको क्रममा देखिएका समस्याहरुलाई तत्काल समाधान गरि स्थान्तरणको प्रक्रिया अगाडी बढाउने अनुगमन टोली का सदस्य तथा गढवागाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
संघीय सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङ देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालयको जग्गा तथा भौतिक संरचना प्रदेश सरकारलाई भोगचलनका लागि दिने र राप्ती प्राविधिक शिक्षालय लाई गढवा गाउँपालिका ३ स्थित सरस्वती माध्यमिक बिद्यालय गोवरडियामा स्थान्तरण गर्ने निर्णय स्वीकृत गरिसकेको छ ।
प्रदेश स्थापनाको २ वर्ष ८ महिना २ दिनपछि अर्थात २०७७ असोज २० गते प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी उपत्यका कायम भएको थियो । करिव २ बर्ष पश्चात् प्रदेश राजधानी सार्ने तयारिमा जुटिरहेको लुम्बिनी प्रदेश सरकार राप्ती प्राविधिक शिक्षालय स्थानन्तरण गर्ने दौडमा थियो ।
संघिय सरकारको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट मन्त्रीस्तरको निर्णय अनुसार २०७९ असार २१ जग्गा उपभोग गर्न पाउने स्वीकृती दिएको छ । त्यसैअनुसार राप्ती गाउँपालिक ३ मा रहेको राप्ती प्राविधिक शिक्षालय र गढवा गाउँपालिका ३ स्थित सरस्वती माध्यमिक बिद्यालय गोवरडिया बिच २०७९ साउन ३ गते सम्झौत भएको भएको थियो ।
सरस्वती माध्यमिक बिद्यालयले तत्कालको अबस्थामा सोहि बिद्यालयको ४ बिगा जग्गामा अस्थायी संरचना निर्माण गरि बिद्यालय व्यवस्थापन गर्दै छ उक्त बिद्यालयले स्थानान्तरणको सम्पुर्ण काम साउन ६ गते सम्म सक्ने छ ७ गते उक्त सम्झौता पत्र हस्तान्तरण गर्ने कार्यक्रम भएपनि अब भने साउन ३१ गते देखी तिन चरणमा स्थानान्तरण हुने भएको छ।