जापान भ्रमण : प्रचण्ड र जापानका सत्तारुढ दलका नेताहरुबीच भेटवार्ता

दाङ, साउन २४। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभाका सदस्य तोसिहिरो निक्कइबीच भेटवार्ता भएको छ।

भेटको क्रममा दुई देशबीचको आपसी सम्बन्धमा कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा दुई देशबीचको सम्बन्धन अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने, स्थानीय सहर र नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधारका क्षेत्रमा जापान सरकारबाट हुँदै आएको सहयोगलाई अझ बृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको जनाइएको छ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *