चेतना अनलाइन
लमही, २२ साउन । नेकपा (माओवादी) केन्द्र लुम्बिनी प्रदेश कमिटिको तेस्राे पूर्ण बैठक दाङको लमहीमा हुने भएको छ ।
साेमवार हुने बैठकमा प्रदेश कमिटिका सदस्य सहित झन्डै पाँचसय बढी सहभागि हुनेछन् । बैठकले सांगठनिक तथा आगामी याेजना बारे महत्वपूर्ण विषयमा छलफल गरिने माओवादी केन्द्र प्रदेश कमिटी सचिव कृष्ण घिमिरे (प्रकाश) ले जानकारी दिनुभयो ।
बैठकमा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा र आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनको विषयमा केन्द्रित हुनेछ । बैठकमा अतिथिको रूपमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णवहादुुर महरा, पूर्व अर्थमन्त्री तथा पार्टीका प्रभावशाली नेता वर्षमान पुन लगायतका नेताहरू उपस्थित हुने छन् ।
बैठकको व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयाेजकले जनाएकाे छ । बैठक लमहीको सत्यसाई हल लमहीमा हुनेछ । बैठकमा सहभागि हुन माओवादी केन्द्रका नेता कार्यकर्ताहरू लमही आउन शुरू गरेका छन् ।








