दाङमा अखिल (क्रान्तिकारी)काे तीन महिने विशेष अभियान शुरू

चेतना अनलाइन

घाेराही, २१ साउन । अखिल (क्रान्तिकारी) दाङले विद्यार्थी संग अखिल (क्रान्तिकारी) तीन महिने विशेष अभियान कार्यक्रम सन्चालन गर्ने भएको छ।

अखिल (क्रान्तिकारी) दाङ्गका संयोजक गिरबहादुर महराको अध्यक्षता एबम नेकपा माओबादी केन्द्र दाङका सचिब विस्वराज आचार्यको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य जंग रोकाको विशिष्ट आतिथ्यता र संगठनका केन्द्रिय सदस्य बिन्दु खड्काको आतिथ्यमा सम्पन्न भएको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गिरबहादुर महरा संयोजक रहेको जिल्ला कार्यालय टिमलाई पुर्णता दिएको छ । कार्यालय सदस्यहरुमा हिमाल महरा, डिभाइड शर्मा, खगेन्द्र जिएम, गोबिन्द मल्ल, मोहन भुसाल, रामचन्द्र बुढा, भुवन केसि, यामकुमारी बिक र हिरालाल ओलि रहनु भएको छ ।

बैठकले ३ महिने विद्यार्थी जागरण अभियान सन्चालन गर्नका लागि जिल्ला कार्यालय टिमबाट पालिका कमान्डरहरु खटाएको छ । जस अनुसार घोराहीमा हिमाल महरा, लमहिमा मोहन भुसाल, तुल्सिपुरमा रामचन्द्र बुढा, राप्तिमा भुवन केसि, गढवामा डिभाइड शर्मा, राजपुरमा मोहन भुसाल, दंगीशरणमा रामचन्द्र बुढा, बबइमा हिरालाल ओलि र शान्तिनगरमा यामकुमारी बिक रहनु भएको छ ।

बैठकले रचनात्मक एवम् सृजनात्मक कार्यक्रमहरुलाई पनि अगाडि बढाउने निर्णय गरेको छ । साथै बैठकले संगठनको मुख पत्र हुँकार प्रकाशन पनि छिटै गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रमुख अतिथि आचार्यले समग्र राजनीतिक विषयबस्तुबारे प्रशिक्षण दिनुभएकाे थियाे ।
विशिष्ट अतिथि राेकाले विद्यार्थी संगठनले तय गरेका कार्यक्रमबारे प्रकाश पार्नुभएकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *