मंसिर ४ गतेकाे निर्वाचनबाट प्रतिगामीहरू समाप्त हुन्छन् : महरा

चेतना अनलाइन

घाेराही, २१ साउन । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुन थालेकाे संघीय तथा प्रदेशसभा निर्वाचनबाट प्रतिगामी शक्तिहरू समाप्त हुने बताउनुभएकाे छ ।

दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १२ का विभिन्न स्थानमा जनभेटघाटका लागि पुग्नुभएका महराले निर्वाचनमा लाेकतन्त्र र परिवर्तनकाे रक्षामा लाग्ने दलहरू जनअनुमाेदित हुने बताउनुभयाे ।

अहिले मुलुकमा अग्रगमन र प्रतिगमनकारी शक्तिहरूबीच बेचिलाे संघर्ष भइरहेकाे उल्लेख गर्दै महराले निवार्चनले अग्रगमनका पक्षधरहरूलाई अनुमाेदित गराउने निश्चित भएकाे बताउनुभयाे । “नेपाली काङ्ग्रेस, माओवादी, समाजवादी सहितकाे दलहरू गणतन्त्र, संघीयता, धर्मनिरपक्षता र संविधानकाे रक्षाका लागि एक ठाउँमा उभिएका छन्,” उहाँले भन्नुभयाे, “एमालेकाे नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दलहरू याे परिवर्तनलाई उल्ट्याउने गरि एक भएका छन् ।”

गठबन्धनकाे ओैचित्य बारेे कुरा गर्दै महराले भन्नुभयाे, “मुलुककाे परिवर्तन र मुलुकमम जटिल परिस्थिति आउदा नेपाली काङ्ग्रेससँग हाम्राे सहकार्य हुँदै आएकाे छ ।” हिजाे २०४६ सालमा बहुदल स्थापना हुँदा, २०६१ मा राजा ज्ञानेन्द्रले कु गरेपछि २०६२/०६३ सालकाे जनआन्दाेलन र संविधान निर्माणका क्रममा नेपालका कम्युनिष्ट र काङ्ग्रेसबीच सहकार्य भएकाे उहाँले उल्लेख गर्नुभयाे ।

“अहिले पनि संविधान मासेर गणतन्त्र, संघीयता, धर्मनिरपक्षता, समावेशी समानुपातिक लगाएका सबै उपलब्धि मास्ने उद्धेश्यले केपी ओलीले चालेकाे प्रतिगामी कदमलाई सच्याउन काङ्ग्रेससँग गठबन्धन भएकाे हाे,” महराले भन्नुभयाे, “आगामी निर्वाचन अग्रगामी शक्ति र प्रतिगामी शक्तिहरुबीच जनमत मार्फत भीषण लडाइँ हुन थालेकाे छ ।”

“दाङकाे विकासमा साझा प्रतिबद्धता आवश्यक”

पूर्वसभामुख महराले राजनीतिक विषयमा आ-आफ्ना बिचार, मान्यता र आइडाेलाेजि भए पनि विकास निर्माणकाे विषयमा साझा धारणा हुनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

सघन शहरी आयाेजना मार्फत निर्माण भएकाे घाेराही-हापुर-रक्षाचाैर सडककाे निरिक्षण गर्नुहुँदै महराले विकास निर्माणकाे सवालमा अनावश्यक राजनीति गर्न नहुने धारणा व्यक्त गर्नुभयाे । “म सभामुख हुँदा सराेकारवाला निकायहरूलाई याे सडक कालाेपत्रे गर्न पहल गरेकाे थिए, अहिले याे बाटाे निकै राम्राे भएकाे छ, अब रक्षाचाैर सम्मै कालाेपत्रे गर्नुपर्छ,” उहाँले भन्नुभयाे ।

अहिले दाङकाे प्रमुख समस्या सिचाइ भएकाे उल्लेख गर्दै उहाँले बृहत् सिचाइ आयाेजना मार्फत दाङका सबै स्थानमा पर्याप्त सिचाइ उपलब्ध हुने गरि काम शुरू भएकाे जानकारी दिनुभयाे ।

महराले घाेराही-तुलसीपुर सडक बिस्तारमा भइरहेकाे ढिलाइ प्रति चिन्ता व्यक्त गर्नुभयाे । “हाम्राे पहलमा घाेराही-तुलसीपुर सडक बिस्तारका लागि बजेट विनियाेजन भएर काम शुरूभयाे,” उहाँले भन्नुभयाे, “तर, निर्माण कम्पनीकाे लापरबाहीका कारण काम अलपत्र परेकाे छ, निर्माण कम्पनीलाई केही राजनीति दलका नेताहरूले संरक्षण गरेका छन् भन्ने सुनिन्छ, याे निकै गलत भएकाे छ ।”

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *