एसईई पछि विद्यार्थीले विषय छनोट कसरी गर्ने ?

मानसिंह घर्ति मगर
प्रिन्सिपल
गोरखा इन्टरनेसनल पब्लिक सेकेण्डरी स्कूल

सबैभन्दा पहिले विद्यार्थीहरुले आफ्नो रुची अनुरुपको कुन विषय पढ्ने भनेर निर्धारण गर्नुपर्छ । त्यसपछि ती विषयहरु कहाँ पढाई हुन्छन् भनेरबु झ्न आवश्यक हुन्छ ।

सम्बन्धीत क्याम्पसको भौतिक पूर्वाधारको अवस्था, विषयगत शिक्षकहरुको अवस्था, उक्त विद्यालयको विगतमा प्राप्त गरेको उपलब्धि र आफ्नो आर्थिक अवस्थाको वारे विश्लेषण गर्न आवश्यक हुन्छ ।

विद्यार्थीले आफ्नो क्षमताके हो र ?, भविष्यको आफ्नो लक्ष्य के हो ? भनेर पहिले नै तय गर्नुपर्दछ । साथिभाईहरुको लहैलहैमा विषय छनोट गर्दा भविष्यका दुःख पाइन्छ ।

अनावश्यक अभिभावको दवाव, अनावश्यक आर्थिक प्रलोभनमा फस्ने काम विद्यार्थीले कदापि गर्नु हुँदैन । विद्यार्थीले आफूले एसईईमा प्राप्त गरेको विषयगत नतिजा पनि राम्रोसँग विश्लेषण गर्न जरुरी छ ।
यति भइसकेपछि कुन विषय या कुन कलेज पढ्ने भनेर विद्यार्थीले छनोट गर्नुपर्दछ । अहिलेसम्म घोकन्ते शैलीमा अध्ययन गर्ने परिपाटी हुँदै आएको छ । यो शैलीले हामीलाई भविष्यका जीवन उपयोगी बनाउन सक्दैन ।

विद्यार्थीहरुले रचनात्मक ढंगले अध्ययन गर्ने र सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्ने गरी अध्ययन गर्नुपर्दछ । हाम्रा कलेज तथा शिक्षालयहरुमा पनि सर्टिफिकेट प्रदान गर्ने कारखानको रुपमा
मात्र नभएर विद्यार्थीलाई सक्षम गराएर विदाई गर्ने गरी अध्यापन
गराउनुपर्दछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *