घोराही । पछिल्लो समय दाङ घोराहीको गुरुकुल एकेडेमि ब्यबस्थापन बिषयमा अब्बल बन्दै गैरहेको छ ।
गत बर्षबाट कक्षा ११ सुरु गरेको गुरुकुल एकेडेमि दोस्रो बर्षमा अब्बल बन्दै जादा बिद्यार्थि तथा अभिभावकको अत्यधिक रोजाईमा पर्ने गरेको छ । शिक्षाको हिसावले हेर्ने हो भने दाङमा धेरै बिद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पपर्धा पनि उत्तिकै छ ।
स्कुल तहमा मात्र नभई प्लस टु मा पनि शैक्षिक प्रतिस्पर्धा निकै नै छ । शैक्षिक गुणस्तर सुधार्ने र शिक्षालाई प्रविधिसँग जोड्ने अभियानका साथ पछिल्लो समय धेरै विद्यालय लागि परेका छन् । अझै भन्नु पर्दा गुरुकुल एकेडेमिले सैदान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षा प्रदान गर्दै प्रबिधि तर्फ जोडिरहेको छ । गत बर्ष विज्ञान तथा व्यवथापन संकायमा कक्षा ११ मा मात्र १२३ जना विद्यार्थी भर्ना भएका छन् ।
पूर्ण मानव सिर्जना गर्ने मूल उद्धेश्यका साथ डाक्टर र इन्जिनियरहरू मिलेर २०७२ सालमा स्थापना भएको गुरुकुल एकेडेमीले २०७८ सालमा प्लस टु संचालन गरेको हो । मुलतः अधिकांश विद्यालयमा प्लस टु संचालन भएका छन् तर गुरुकुलले अलि फरक भिजन र फरक शैक्षिक प्रणालीबाट प्लस टु संचालन गरेको विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेले बताउनुभयो ।
गुरुकुल एकेडेमीले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूलाई निःशुल्क ल्यापटप प्रदान गरेको छ । जसले गर्दा विद्यार्थीहरूलाई प्रविधियुक्त शिक्षण सिकाईमा सहयोग गर्दछ । गुरुकुलमा अहिले विद्यार्थी पाठ्य पुस्तकमामात्र सिमित नभई ल्यापटप र डिजिटल बोर्डमा आधारित रहेर अध्ययन गर्दै आएका छन् । विद्यालयमा लाइब्रेरी, ई–लाइब्रेरी र अन्तर्राष्ट्रिय स्तर मापदण्डमा आधारित प्रयोगशालाको व्यवस्था गरिएको पनि स्कुलले गरेको छ । विद्यार्थीको लागि आवश्यकता व्यवस्थापन सङ्कायका लागि उद्योग भ्रमण गराइदै आएको छ ।
स्थापनाकालदेखि नै फरक शिक्षण विधिबाट जीवन उपयोगी, व्यवहारिक शिक्षामा जोड दिँदै आएको गुरुकुल एकेडेमीले वर्तमान शिक्षाबारे एउटा बहस समेत सिर्जना गरिदिएको छ । शैक्षिक गुणस्तर दिन सकियो भने कसरी छोटो समयमै पनि उत्कृष्ट विद्यालय बन्न सक्छ र अभिभावकको रोजाईमा पर्न सक्छ भन्ने कुरालाई आत्मसात गर्दै घोकन्ते र सैद्धान्तिक शिक्षण प्रणालीले शिक्षाको वास्तविक लक्ष्य प्राप्त नहुने भन्दै बालबालिकाको निहित प्रतिभा उजागर गर्दै जीवन व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने अठोटका साथ गुरुकुलले प्लस टु संचालन गरेको छ ।
‘गुरुकुलले प्रदान गर्ने शिक्षण सिकाइ तरिकामा परिवर्तन ल्यायो र बिद्यालयको अत्यधिक मेहेनतले गुरुकुल कान्छो विद्यालय भएर पनि जिल्लाकै प्रतिष्ठित र अब्बल विद्यालयको रुपमा अहिले स्थापित भएको छ । प्लस टु कक्षा मै उच्च शिक्षाका लागि मेडिकल र इञ्जिनियरिङ संकायमा शैक्षिक तयारी कक्षा सञ्चालन गर्ने गरी काठमाडौंका नेम र पिइए जस्ता शिक्षण संस्थासँग शैक्षिक साझेदारी गरिएको छ । जहाँ गुरुकुलमा प्लस टुमा अध्ययनरत विद्यार्थीहरुले इन्ट्रान्स कक्षाहरू तयारी गर्ने अवसर पाउनेछन् ।
गुरुकुलले शिक्षण सिकाईका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै शैक्षिक अवार्ड समेत प्राप्त गरेको छ । विद्यालयले अन्तर्राष्ट्रिय शिक्षाका लागि आवश्यक पूर्वाधार पूरा गर्दै आइएसओ, आइएस ए,ग्लोबल कम्पीटेन्सी जस्ता अन्तर्राष्ट्रियस्तरका अवार्ड प्राप्त गरिसकेको छ । त्यस्तै विट्रिस काउन्सीलले प्रदान गर्दै आएको आइ एस ए अवार्ड विद्यालयले सन् २०१६ देखि २०१९ र २०२० देखि २०२३मा गरी दुई पटक प्राप्त गरेको छ । शिक्षाका लागि आवश्यक सबै मापदण्ड र सूचकहरू पूरा गर्दै विद्यालयले शैक्षिक मान्यताका महत्त्वपूर्ण अवार्डहरू प्राप्त गरेको छ ।
‘शिक्षामा अन्तर्राष्ट्रिय स्तरको तोकिएको मापदण्ड अनुसारको शिक्षा प्रदान गर्न थुप्रै आधार तयार भइसकेका छन । सोही अनुसार विद्यालयमा पर्याप्त पूर्वाधारदेखि शैक्षिक जनशक्ति तयार गरिएको पनि गरीएको छ । गुरुकुल एकेडेमीले शैक्षिक सत्र २०७९÷८०का लागि प्लस टुमा भर्ना खुला गरेको छ ।