घोराही, ९ साउन । नेपाल प्रेस युनियनमा ३ पदाधिकारीसहित ११ जना दंगाली पत्रकार केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।
युनियनको साउन ६ र ७ गते मकवानपुरको हेटौडामा भएको महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा दाङका ११ जना पत्रकारहरु बिजयी भएका छन् ।
महाधिवशनबाट दाङका ३ जना पदाधिकारीमा र ८ जना सदस्य पदमा बिजयी हुुनुभएको हो ।
उपमहासचिवमा सुलोचना गौतम, सचिवमा भुवन शर्मा र कोषाध्यक्षमा माधव धिताल बिजयी हुनुभएको छ ।
यस्तै केन्द्रीय सदस्यहरुमा मुक्तीबाबु रेग्मी, बसन्त योगी, चेतन रेग्मी, लोकराज अधिकारी, नारायणी रजौरे, आत्मा गुरागाई, लक्ष्मीमान चौधरी र अञ्जना चौधरी बिजयी भएको नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।