नेता कार्यकर्तालाई जनतासँगै श्रमसँग जाेडिन महराकाे निर्देशन

चेतना अनलाइन

घाेराही, ३ साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका सबै नेता कार्यकर्तालाई जनतासँगै श्रमसँग जाेडिन निर्देशन दिनुभएकाे छ ।

घाेराहीमा अगुवा नेतम कार्यकर्तासँगकाे भेटघाटमा महराले पार्टीका सबै नेता कार्यकर्ता अनिवार्यरूपमा जनतासँग प्रत्यक्ष जाेडिन जाेडिनुपर्ने आवश्यकता ओैंल्याउनुभयाे । महराले मतदाता शिक्षाकाे अभावमा घाेराही उपमहानगरपालिकामा निर्वाचनमा विजयी हासिल हुन नसकेकाे धारणाा व्यक्त गर्नुभयाे ।

तर, जिल्लामा २०७४ सालकाे निर्वाचन भन्दा २०७८ काे निर्वाचनमा निकै सुधार भएकाे उहाँले बताउनुभयाे । पहिले एउटा मात्र पालिका जितेकाेमा यस पटक तीन ओटा पालिकामा जित्नु राम्राे उपलब्धी भएकाे महराकाे भनाई छ ।

केही प्राविधिक समस्याहरू समाधान भएकाे भए अझ धेरै पालिका जित्न सकिने आधार भएकाे उहाँले बताउनुभयाे ।

अर्काे प्रसंगमा महराले मुलुककाे समृद्धिका लागि उत्पादनमा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयाे । मुलुकलाई आत्मनिर्भर नबनाइनकन समाजवादको यात्रामा पुग्न नसकिने महराले बताउनुभयाे ।

पछिल्लाे समय नेता कार्यकर्तामा जनता छाडेर शासक हुने प्रवृत्ति बढेकाे महराकाे टिप्पणी छ । पुजिपतिहरूले षड्यन्त्र गरेर पैसाको बलमा चुनाव जित्ने तयारी गरे पनि माओवादीले जनताकाे बलमा चुनाव जित्नुपर्ने उहाँले आवश्यकता ओैंल्याउनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *