घाेराहीमा नेकपा समाजवादी परित्याग गरी ३५ जना माओवादीमा प्रवेश

चेतना अनलाइन

घाेराही, ३ साउन । दाङमा नेकपा एकीकृत समाजवादी परित्याग गरी ३५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा समाजवादीका जिल्ला सदस्य तुलसीराम विक, घाेराही नगर उपाध्यक्ष विष्णु सुनार सहित नेता तथा कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।

घाेराही वडा नं ४ गाेग्लीमा आयाेजित कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नव प्रवेशीहरूलाई स्वागत गर्नुभएकाे थियाे ।

कार्यक्रममा बाेल्दै महराले माओवादी केन्द्रप्रति जनलहर बढीरहेकाे बताउनुभयाे । उहाँले पार्टीलाई २०६४ सालकाे जस्तै आकारमा फर्काउन अभियान शुरू भएकाे बताउनुभयाे ।
महराले आगामी निर्वाचन पछि प्रतिगामी शक्तिहरू समाप्त भएर जाने दावी गर्नुभयाे । उहाँले अहिलेकाे गठबन्धन लाेकतन्त्र, संविधानकाे रक्षा र परिवर्तनलाई संस्थागत गर्न बनेकाे स्पष्ट पार्नुभयाे । महराले देशब्यापी धुव्रिकरण शुरू भएकाे उल्लेख गर्दै माओवादी प्रति आकर्ष बढीरहेकाे बताउनुभयाे । क्रान्तिकारीहरूबीचकाे धुब्रिकरण अहिलेकाे आवश्यकता भएकाे उहाँको भनाइ छ ।

कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका पाेलिट ब्युरो सदस्या दामा शर्माले माओवादी नै जनताकाे वास्तविक पार्टी भएकाे बताउनुभयाे । उहाँले महिला, दलित, जनजाति तथा पछाडी पारिएका वर्ग तथा समुदायकाे अधिकारका लागि माओवादीले निकै संघर्ष गरेकाे बताउनुभयाे ।

अर्का पाेलिटब्युराे सदस्य नारायणी शर्मा प्रतिक्षाले समाज रूपान्तरणका लागि सबै माओवादी केन्द्रमा समाहित हुनुपर्ने आवश्यकता ओैंल्याउनुभयाे ।

पार्टी वडाअध्यक्ष गुरूप्रसाद शर्माकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालान सचिव पदम याेगीले गर्नुभएको थियाे । कार्यक्रम सुमन राेकाकाे स्वागत मन्तब्यबाट शुरू भएकाे थियाे ।

 

 

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *