अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजिनामा

काठमाडौ २२ असार/ अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । करका दर हेरफेर प्रकरणमा मुछिएका शर्माले राजीनामा दिएका हुन् । संसदले छानबिन समिति बनाएपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा रोस्ट्रममा उभिएर उनले राजीनामा घोषणा गरेका हुन् । अर्थमन्त्री शर्माले राजीनामा गर्दै आफूले गल्ती नगरेको बताएका छन् । उनले भने, ‘मेरो राजीनामा माग्ने नागरिक समाज, युवालाई म धन्यवाद भन्न चाहन्छु । मैले गल्ती गरेको छैन, तथ्यमा गइदिनुहोला ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *