राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन १ गतेदेखि विस्तारित सेवा (इएचएस) सुरु

घोराही २१-असार/ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विस्तारित सेवा (इएचएस) सुरु हुने भएको छ । प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछानेले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन साउन १ गतेदेखि नै यो सेवा सुरु गरिएको बताए ।

विस्तारित सेवा दिउँसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने ब्यबस्था मिलाईएको र १ बजेपछि बिरामीले सेवा पाउने उनले जानकारी दिए । अस्पतालमा आउने बिरामीहरुले सामान्य बाहेकको समयमा आफुले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उद्देश्यले इएचएस सेवा सुरु हुन लागेको उपकुलपती लामिछानेले बताए ।

बिरामीहरुले प्रतिष्ठानमा विस्तारीत सेवा अन्तरगत फिजिसीयन, प्रसुति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाककान घाटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले विस्तारित सेवा प्रभावकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीहरुले दुर्तगतिमा पाउने बताए ।

उनले विस्तारित सेवा प्राप्त गर्ने बिरामीहरुलाई लाईनमा लाग्नु नपर्ने र आफुले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्वित हुने बताए । उनले अब प्रतिष्ठानमा सामान्य सेवापछि पनि चिकित्सकले इएचएसमा सेवा दिने बताए । इएचएस सेवामा नाम दर्ताको लागि ५ सय रुपैँया लाग्नेछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *