युवा नेता जीवन गौतम एमालेमा

चेतना अनलाइन

काठमाडौं । स्थानीय तहको निर्वाचन अघि माओवादी केन्द्र त्यागेर स्वतन्त्र वामपन्थीको भूमिकामा रहनुभएका दाङका नेता जीवन गौतम नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज रहेका गौतमले चुनावअघि सो पार्टी परित्याग गर्नुभएको थियो ।

शुक्रवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले गौतमसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभयो ।

गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकीकृत कम्युनिस्ट आन्दोलन विभाजन गरेको आरोप लगाउनु भयो।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपहानगरपालिकाको मेयरमा उम्मेदवार बनेका गौतम तत्कालिन समयमा माओवादीको पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो । अहिले पछिल्लो महाधिवेसनबाट माओवादीले केन्द्रीय कमिटी मात्र टुङ्गो लगाएको छ ।

सोही कार्यक्रममा वाइसिएल नेपालका पूर्व सचिव दिवस पाण्डे पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *