राप्ती प्रादेशिक अस्पतालको ओपीडी टिकट निःशुल्क

तुलसीपुर २ असार/ लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा ओपीडी टिकटमा लाग्ने शुल्क नलिने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खडकाले राप्ती र लुम्बिनी र प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी टिकटमा शुल्क नलिने घोषणा गरेका हुन् ।

ओपीडी टिकटमा शुल्क नलिने निर्णय कार्यान्वयनका लागि वजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको मन्त्री खड्काले जानकारी दिएका छन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *