भूमे पर्वको अबसरमा नगर प्रमुख चौधरी द्वारा शुभकामना

घोराही, १ असार । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मगर खामभाषी समुदायको सबैभन्दा ठूलो र विशेष सांस्कृतिक पर्व भूमेको अबसरमा शुभकामना दिनुभएको छ ।

नगर प्रमुख चौधरीले बुधबार बिहान शुभकामना बक्तव्य जारी गरी आम मगर खामभाषी मगर समुदाय लगायत सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु भनि शुभकामना दिनुभएको हो । परापूर्वककाल देखि मनाइदै आएको यस पर्वले स्थानीय भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्दै सबै जातजाती विच भावनात्मक एकतामा समेत भूमिका खेलेको उल्लेख गर्नुभएको छ । देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा मगर समुदायको भूमिका ठूलो रहेको चर्चा गर्दै नगर प्रमुख चौधरीले नगरबाट सदैब सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।

जल, जमिन, जीवजन्तु, जंगलको संरक्षण गर्दै प्रकृति र मानव जीवन बीचको सम्बन्धलाई प्रगाढ बनाउन यस पर्वले महत्वपूर्ण भूमिका खेल्ने र संस्कृती संरक्षणमा मगर समुदायकै बढी सकृयता चाहिने बताउनुभएको छ । प्रकृति पूजक मगरहरुको सदियौं देखिको भूमि, संस्कृतिको संरक्षण तथा पुस्तान्तरण र आपसी एकताको सूत्रधारका रुपमा भूमे पर्वलाई स्थापित गर्न सबैमा अपिल गर्दछु ।

विविध भाषाभाषी मिलेर बनेको यस समाजमा सबैको आआफ्नै कला संस्कृती र संस्कारहरु रहेका र ति संस्कारहरु सबैको साझा सम्पत्ती भएको उल्लेख गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *