भालुवाङ २८ जेठ । राप्ती गाउँपालिकामा शनिब सम्पन्न भएको दाङ अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवम् चाैतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज टीका बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले हालै सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको समीक्षा गरेको छ । निर्वाचनमा विजय भएका उम्मेदवारलाई बधाई दिदै पराजय भएकाे पालिकामा थप सुधार गर्न र संगठनलाई बलियो बनाउनु पर्ने निर्णय गर्दै आगामी प्रदेश र संघिय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजय बनाउन चाैतारीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने निश्कर्ष निकालेको छ । त्यस्तै बैठकले प्रेस चाैतारी नेपाल राप्ती गाउँपालिकाको रिक्त अध्यक्ष पदमा हुमा सुनारलाई चयन गरेको छ । अध्यक्ष अंशु बोहरा वैवाहिक बन्धनमा बाँधिएर जिल्ला बाहिर गएपछि रिक्त रहेको अध्यक्ष पदमा सुनारलाई चयन गरेको हो । यस्तै प्रेस चाैतारी दाङले स्थानीय तह सदस्य निर्वाचनमा देउखुरी क्षेत्रका निर्वाचित सुर्यध्वजा वाहक जनप्रतिनिधिहरूलाई शनिबार राप्ती गाउँपालिका ३ मसुरीयामा स्वागत तथा सम्मान गरेको छ । एमालेबाट निर्वाचित राप्ती, गढवा र राजपुरका जनप्रतिनिधिहरूलाई टीका र खाँदा लगाएर चाैतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज टीका बस्नेतले स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चाैधरी, गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारी, नेकपा एमाले राप्तीका इन्चार्ज हरि बेल्वासे, केन्द्रीय सदस्य सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चाैतारीका दाङ जिल्ला सहसचिव चन्द्रप्रकाश नेपालीले धन्यवाद र उपाध्यक्ष प्रेम राम्जाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव किरण गाैतमले गरेका थिए ।
