टरिगाउँ विमानस्थल स्तरउन्नतिका लागि बजेट विनियोजन

दाङको तुलसीपुर स्थित टरिगाउँ विमान स्थलको स्तर उन्नतका लागि संघ सरकारले बजेट बिनियोजन गरेको जनाएको छ । आगामी आर्थिक बर्ष २०७९÷८० को बजेट भाषणमा संघ सरकारले बजेट विनियोजन गरेको जनाएको हो

अर्थमन्त्री जनार्दन शर्माले दाङको टरिगाउँ विमान स्थल सहित अन्य विमान स्थलको स्तरउन्नती गर्न १२ अर्ब २४ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

हवाई सेवाको स्तरबृद्धि तथा पहुँच विस्तारकालागि दाङको टरिगाउँ एयरपोर्टसहित डडेलधुरा, बाग्लुङ, चौरजहारी, टिकापुर, उदयपुर लगायत स्थानको हवाई सेवा विस्तारकालागि बजेट विनियोजन गरिएको छ ।

पटक पटक टरिगाउँ बिमान स्थलको स्तर उन्नतीका लागि बजेट व्यवस्था हुदै आए पनि सोचे अनुसारको काम भने हुन सकेको छैन् । जस्का कारण बैकल्पिक विमान स्थलको खोजी थालिएको छ भने टरिगाउँ विमान स्थलमा नियमित उडान समेत हुन सकेको छैन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *