गठबन्धनमा इमान्दारिताको संस्कृति घोराहीबाट सिक्नुपर्छ : प्रचण्ड

पाण्डव शर्मा

घोराही, २५ वैशाख । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा इमान्दारिताको संस्कृति घोराहीबाट सिक्नुपर्ने बताउनुभएको छ ।

संयुक्त गठबन्धनले घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले घोराहीमा दुबै पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै इमान्दारिता पूर्वक काम गरिरहेको रिपोर्ट आफूले पाएको बताउनुभयो ।

उहाँले अहिलेको गठबन्धन प्रतिगमनको विरुद्ध संविधान र लोकतन्त्रको रक्षाका लागि भएको स्पष्ट पार्नुभयो ।
नेपालको निर्वाचन प्रणालीका कारण अझै लामो समयसम्म कुनै पनि दलको एकल बहुमत आउने सम्भावना नभएको उल्लेख गर्दै प्रचण्डले अझै कैयौं वर्ष गठबन्धन गरेरै सरकार चलाउनुपर्ने बताउनुभयो ।


घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार हेमराज शर्मा डायमण्ड पार्टी भित्र कुशल काम गर्न सक्ने विकास प्रेमी नेता भएकाले समृद्ध घोराही बाउने भिजन पनि उहाँसँग भएको बताउनुभयो ।


त्यसैगरी उपमेयर पदका उम्मेदवार भूपबहादुर डाँगी स्थापित नेता भएकाले डायमण्ड र डाँगी सहितको गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *