चेतना अनलाइन
घोराही, २ साउन । घोराही उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष जितेन्द्र शाहको राजिनामा स्वीकृत भएको छ ।
शाहले २०८० असार ११ गते नगरप्रमुख नरूलाल चाैधरी समक्ष राजिनामा दिनुभएकाे थियाे । दुई वर्षसम्म पेण्डिङमा रहेकाे राजिनामा हिजाे स्वीकृत भएकाे हाे ।
अध्यक्ष शाहकाे राजिनामा स्वीकृत गरिएकाे र वडाकाे कार्यबाहक अध्यक्षको जिम्मेवारी चुडामणि चौधरीलाई दिइएको नगरप्रमुख नरूलाल चाैधरीले जानकारी दिनुभयाे ।
नगर प्रमुख चौधरीले राजीनामा स्वीकृत गरेको जानकारी गराएपछि आजको कार्यपालिका बैठकले शाहको राजिनामा स्वीकृतलाई अनुमोदन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले पुष्टि गर्नुभयो ।








