चेतना अनलाइन
सुर्खेत, २८ कार्तिक । प्राय जसो महिलाहरुले महिला संग मात्र प्रतिस्पर्धा गर्ने गरेकाछन तर सुर्खेत जिल्लामा पुरुष संगै खुल्ला कोटामा प्रतिस्पर्धा गरेर गंगा दाहाल नेकपा (एमाले)को दशौ महाधिवेशन प्रतिनिधि छनौट भएकी छिन।
छनौट भएपछि उनले आफ्नो फेसबुक एकाउन्टमा यस्तो स्ट्याटस सेयर गरेकी छिन:
“मैले जुन दिन बाट राजनीतिको सुरुवात गरे त्यही दिन बाट कार्यकारी ठाउँहरुमा मात्र काम गरेको छु ।
आफुलाई कहिल्यै पनि म महिला मात्र हु भनेर सोच्ने र व्यवहार गर्ने गरेको छैन। मैले होस सम्हाले देखी मेरो आमा र घरका अभिभावक तथा आफन्तहरुले समेत मलाई छोरी हो भन्ने अनुभुती नै हुने बाताबरण दिनु भएन र राजनीतिमा पुर्णकालिन रुपले कृयाशील भए यता मेरो बढी सहकार्य र मित्रवत प्रतिस्पर्धाको घेरामा सधै जसो पुरुष साथीहरु नै रहने गर्नु भएको छ।
यस पटक नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधि छनौटमा मलाई नेतृत्व, सहकर्मी र आम पार्टी सदस्यहरुले खुल्ला कोटा अन्तर्गत सर्बसम्मत महाधिवेशन प्रतिनिधि छनौट गर्नुभएको कुराले मेरो जीवनमा पुनः एकपटक नयाँ रक्त संचार हुनुको साथै हामी महिलाहरु प्रतिस्पर्धाको लैङ्गिक दायरा भित्र मात्र सिमित नभई आम रुपले नै प्रतिस्पर्धा गर्न तयार हुनुपर्ने कुराको गहिरो शिक्षा प्राप्त गरेकोछु।
पुनः यो अवसर प्रदान गर्ने सबै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”












