संघर्षकाे भट्टीबाट खारिएकाे इस्पात अर्थात कमरेड विश्वास

बैशाख २३ , दाङ । महान दार्शनिक कार्ल मार्क्सकी छ।
उनी १२/१३ वर्षकाे किशाेर हुँदा उनका बुवा चुडामणि शर्मा पाेख्रेललाई कहिल्यै निकाे नहुने क्यान्सर राेग लाग्याे। बुवाकाे उपचारकाे जिम्मेवारी किशाेर यमकाे काँधमा आइपुग्याे। बुवाकाे उपचारकाे लागि रकमकाे जाेहाे गर्ने र उपचारकाे लागि पटक पटक लखनउ धाउँदा उनी किशाेर उमेरमै धेरै परिपक्व बनिसकेका थिए। क्यान्सरका बिरामीका धेरै परिवारले भाेगेकाे जस्तै समस्या उनले पनि भाेगे।उनी १५ वर्षकाे पुग्दा नपुग्दै उनका बुवाकाे देहान्त भयाे। उपचारमा लाखाैं रकम पनि स्वाहा भयाे। न पैसा बच्याे न मानिस। बुवाकाे देहान्तपछि घरकाे सबै जिम्मेवारी उनकाे काँधमा आइपुग्याे।पढाइलाई निरन्तरता दिँदै, घरकाे जिम्मेवारी पनि निर्वाह गरिरहेका उनी समाजमा भएकाे उँचनिच, जातीय विभेद, चर्काे बेराेजगारी, वर्गीय विभेदका कारण हात मुख जाेर्न मुश्कील जनताहरुका समस्याहरु आदिलाई नजिकबाट बाेध गरिरहेका थिए।
देशमा जनयुद्धकाे प्रभाव बढ्दै गइरहेकाे थियाे। उनकाे गाउँबाट डायमण्ड, ब्राइन, दामा, सागर लगायतका अग्रजहरु जनयुद्धमा हाेमिइसकेका थिए। उनकी दिदी गीता पनि भुमिगत भैसकेकी थिइन्। २०५६ सालबाट पार्टीमा पार्टटाइम काम गरिरहेका उनलाई व्यवस्था परिवर्तनका लागि भूमिगत भएर पार्टि र क्रान्तिमा याेगदान गर्नुपर्छ भन्ने लाग्याे। उनीसँगै आइ ए काे पढाइ गरिरहेका उनका फुपुका छाेरा रुद्र शर्मासमेत भुमिगत भएपछि र उनीमाथि तत्कालीन प्रशासनकाे गिद्धे दृष्टि पर्न थालेपछि उनी पनि २०५८ सालबाट पूर्णरुपमा भुमिगत भए। उनकाे घरबाट दिदी गिताका अलावा बहिनीहरु बालिका, बसन्ता र भाइ गिरु पनि सँगसँगै भूमिगत भएर पार्टी संगठनकाे काम गर्न थाले।
… सालमा भाइ गिरुलाई तत्कालीन शाहि नेपाली सेनाले गिरफ्तार गर्याे। तर गिरफ्तार गरेकाे उसले कहिल्यै स्वीकार गरेकाे छैन। भाइ गिरु अहिलेसम्म बेपत्ता नागरिककाे सुचीमा छन्। राज्य र पार्टीले उनलाई सहिद घाेषणा गरेकाे छ।
जनयुद्धका दाैरान यम गिरफ्तारीमा परी एक वर्ष कठाेर आर्मी हिरासतमा बिताए। शान्तिवार्ताकाे समयमा रिहा भएका उनी पुन: भुमिगत भए र नेकपा माओवादीकाे तत्कालीन विशेष क्षेत्रकाे स्कुलिङ विभाग सदस्यकाे भुमिकामा काम गरे।
पछि दाङमा इलाका इन्चार्जकाे रुपमा काम गरे। २०६७ सालमा थारुवान राज्य समिति सदस्य भएका उनी अहिले पार्टीकाे लुम्बिनी प्रदेश समिति सदस्यकाे रुपमा कार्यरत छन्।
समाजसेवी, मिलनसार, नम्र र भद्र यम स्थानीय गाेवरडिहा स्थित श्री सरस्वती उमाविका विध्यालय व्यवस्थापन समितिकाे अध्यक्षसमेत हुन्। उनै यमलाई गढवा गाउँपालिका अध्यक्षमा दाङ माओवादीले अगाडि सारेकाे छ।
शान्तिप्रकृयामा आएपछिका सबै वर्ष यमले स्थानीय राजनीतिमा सक्रिय भुमिका निर्वाह गरेका छन्। उनकाे परिवारका सबैजना अहिले पनि पार्टीमा र सामाजिक कार्यमा सक्रिय छन्।स्थानीयवासीहरुमा यम लाेकप्रिय उम्मेदवार बनेका छन्। जितकाे प्रमुख दाबेदार ४० वर्षिय उनी माओवादी वृत्तमा मात्र हाेईन, काँग्रेस, एमाले र अन्य दलहरुमा समेत उदाहरणीय नेता हुन्।
शान्ति प्रकृयामा आएपछि नै यमले राजनीति शास्त्रमा स्नातक गरे। अहिले उनी साेही विषयमा स्नातकाेत्तर तहमा अध्ययनरत छन्। उनी जे बाेल्छन्, त्याे गर्छन् र जे गर्छन् त्याे बाेल्छन्। कम बाेल्ने स्वाभावका उनी रिसाउन जानेका छैनन्।शान्त स्वाभावका उनी जनता र संगठनमा लाेकप्रिय छवि भएका नेताकाे रुपमा स्थापित छन्। दर्शनशास्त्रका ज्ञाता उनै यम गढवा पालिकाका प्रमुख पदका जितका हकदार रहेका छन्।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *