कोरोना संक्रमण बढेपछि हङकङको अवस्था ‘गम्भीर’

हङकङ । हङकङ नेतृ क्यारी लामले नोभेल कोरोना भाइरसको संक्रमण बढेसँगै अवस्था गम्भीर भएको बताएकी छन् ।

आइतबार एकैदिन एक सय जनामा कोरोना संक्रमण देखिएसँगै अवस्था गम्भीर भएको बताएकी हुन् । उनले भनिन्, “मलाई लाग्छ, अवस्था वास्तवमै गम्भीर छ ।

“उनले अत्यावश्यक बाहेकका कर्मचारीहरुलाई घरबाटै काम गर्न आग्रह गरेकी छन् । हङकङमा एक लाख ८० हजारभन्दा बढी सरकारी कर्मचारीहरु रहेका छन् ।

मनोरञ्‍जनात्मक पार्कहरु, जिम र अन्य स्थानहरुमा आगामी सातासम्मका लागि बन्द गरिएका छन् । हङकङमा हालसम्म दुई हजार कोरोना भाइरस संक्रमित फेला परेका छन् भने १२ जनाको मृत्यु भएको छ । -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😃
खुसी
0%
😂
सार्है खुसी
0%
😍
मन पर्‍यो
0%
😮
अचम्मित
0%
😠
आक्रोशित
0%
😢
दुःखी
0%
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *