विद्यार्थी नभएपछि दाङमा ३८ विद्यालय गाभिए

दाङ । विद्यार्थी संख्या थोरै रहेका दाङमा ३८ वटा सामुदायिक विद्यालय एक अर्कामा गाभिएका छन् । तुलसीपुर उपमहानगरका ३१ वटा र घोराही उपमहानगरका ७ वटा सामुदायिक विद्यालय गाभिएका हुन् ।

विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विद्यालयहरू समायोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवमणि चौधरीले जानकारी दिनुभएको छ ।

पालिकाहरूले शिक्षा कार्यविधि ऐन बनाएर विद्यालय समायोजना कार्यक्रमलाई कार्यान्वयन गरेका छन् । न्यून संख्यामा विद्यार्थी भएका विद्यालयहरु अर्को विद्यालयमा गाभ्ने निर्णय वर्षौदेखि भएपनि कार्यान्वयन भएको थिए ।

तुलसीपुर उपमहानगरका समायोजन हुने १३ वटा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेको थियो । घोराहीमा ६ वटा सामुदायिक विद्यालय समायोजन र एउटा विद्यालयमा कक्षा मात्रै गाभिएको छ । घोराही उपमहानगरपालिकाले विद्यार्थी संख्या र विषयगत शिक्षक दरबन्दी मिलान गरेको छ ।

सरकारले हिमाली क्षेत्रका सामुदायिक विद्यालयका एउटा कक्षामा ३०, पहाडि क्षेत्रमा ४० र तराई क्षेत्रमा कम्तीमा पनि ५० जना विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको छ ।

अधिकांश ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरू नियमानुसार चलेका छैनन् । कतै विद्यालयमा धेरै शिक्षक दरबन्दी छ भने न्यून संख्यामा विद्यार्थी भएको विद्यालयलाई नजिकैको पायक पर्ने विद्यालयमा गाँभ्न सकिने नीति छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *