‘समृद्ध दाङ, हाम्रो अभियान’ का केही सवालहरू

शिवकुमार आचार्य
अध्यक्ष
नेकपा (एमाले), दाङ

‘सुखी नेपाली, समृद्ध नेपाल’ का परिकल्पनाकार तथा राष्ट्रियता र स्वाभिमानका प्रतीक प्रधानमन्त्री एवम् नेकपा (एमाले) का श्रदय अध्यक्ष कमरेड केपी शर्मा  ओलीकाे दाङ उपस्थितिले आगामी दिनमा ‘समृद्ध दाङ, हाम्रो अभियान’ मा सम्भावनाको ढोका खोल्ने अवसरका रूपमा हामीले लिएका छौँ ।

श्रद्धेय प्रधानमन्त्रीज्यूको कार्यकालमा दाङ जिल्लाको विकासका लागि फोर लेन सडक निर्माण, तुलसीपुरको एयरपोर्ट विस्तार, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरवृद्धि र एम. बी. बी. एस. र एम. डी. कक्षा सञ्चालन जस्ता मेघा प्रोजेक्टहरू दाङ जिल्लाको विकास र समृद्धिका लागि कोशेढुङ्गा साबित भएका छन् । यसका साथै दाङ जिल्लामा प्रदेश राजधानी स्थापना गर्नका लागि समेत प्रधानमन्त्रीज्यू र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पार्टी महासचिव कमरेड शंकर पोखरेलले खेल्नुभएको भूमिकाप्रति सम्मान व्यक्त गर्दै दाङ जिल्लाबासीले गौरवको अनुभूति गर्दछौं ।

यी दाङ जिल्लाका केही उदाहरण मात्रै हुन् । मुलुककै समृद्धिका लागि स्वप्नद्रष्टा, दीर्घकालीन सोच तथा दृढ इच्छाशक्ति भएका प्रधानमन्त्रीको कार्यकालमा रेलवे विस्तार, सुरुङमार्ग, फास्ट ट्रयाक लगायत सडकहरूको स्तरउन्नति र विस्तार, विभिन्न जलविद्युत् आयोजनाको निर्माण, दैलेखको तेल उत्खनन्, नवलपरासीको फलामखानी, मुस्ताङको युरेनियम पहिचान जस्ता ठूला आयोजनाहरूले देशलाई नै स्वर्णिम भविष्यतिर उन्मुख गराउने मार्गचित्र तयार गरेको छ ।

जनतालाई सार्वभौम बनाउन, देशको स्वाभिमान र स्वाधीनताको रक्षाका लागि संविधान जारी गर्न यहाँले राख्नु भएको अडान, नाकाबन्दीको सामना गर्दै नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भू-जडित राष्ट्रमा रूपान्तरण गर्नका लागि खेल्नुभएको भूमिका भावी पुस्ताका लागि पनि गौरवको विषय बनेको छ । यसका साथै पार्टी विभाजनको समयमा यहाँले राख्नुभएको दृढ अडानले पार्टीलाई एकतावद्ध गराउँदै कार्यकर्ता र आम जनतामा नयाँ उत्साहको रक्तसञ्चार गराएको छ साथै नेकपा एमालेलाई नेपालको मूल राष्ट्रिय शक्ति बनाउनका लागि श्रद्धेय पार्टी अध्यक्ष कमरेडले खेल्नुभएको भूमिका इतिहासमा सुनौलो अक्षरले लेखिएको छ ।

अध्यक्ष कमरेडको मुलुक निर्माणप्रतिको स्पष्ट सोच, दूरदृष्टि र दृढ इच्छाशक्तिलाई सम्मान गर्दै अब म दङ्गाली जनताको तर्फबाट दाङको समृद्धिका लागि केही विषयहरू ध्यानाकर्षण गराउन चाहन्छु ।

  •  लमहीदेखि घोराहीको कटुवाखोलासम्मको सडक फोर लेन विस्तार ।
  • दाङलाई सिँचित गर्न माडी डाइभर्सन परियोजना सञ्चालन ।
  • ग्वार खोलामा हाईड्याम निर्माण ।
  • घोराही–होलेरी सहिद मार्गको स्तरउन्नति ।
  • घोराही–लमही औद्योगिक मार्ग निर्माण ।
  • राप्ती राजमार्गको स्तरोन्नति ।
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४०० बेडको अस्पताल निर्माण ।
  • घोराही उपमहानगरपालिकाको वडा नं. ३ र ५ मा औद्योगिक क्षेत्र निर्माणको तीव्रता ।
  • बबई करिडोर निर्माण ।
  • राजधानी क्षेत्र रहेको राप्ती उपत्यकाको गुरुयोजना कार्यान्वयन र आधुनिक सहर निर्माण ।
  • तुलसीपुरमा एयरपोर्ट विस्तारका लागि थप बजेट सुनिश्चितता ।

अन्त्यमा, अध्यक्ष कमरेडको दाङ आगमनमा दङ्गाली जनताको तर्फबाट विशेष आभार व्यक्त गर्दै दाङप्रति यहाँले देखाउनुभएको स्नेह, दङ्गाली जनताका लागि सधैं अमिट छाप बनेर रहनेछ । समृद्धि र सुशासनका लागि सिंगो देशबासी यहाँको सधैं साथमा रहने विश्वास व्यक्त गर्दै यो सभा यही सकिएको घोषणा गर्दछु ।

 

धन्यवाद ।

(नेकपा (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्यले आज दाङको घोराहीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा दिनुभएको अध्यक्षको मन्तव्यको सम्पादित अंश)

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *