सुकुम्बासी संघ दाङको अध्यक्षमा अरुणकुमार नेपाली

 

अखिल नेपाल सुकुम्बासी संघ दाङको अध्यक्षमा अरुणकुमार नेपाली चयन हुनुभएको छ ।

संघको जिल्ला भेलाले नेपालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जिल्ला अध्यक्ष देवीराम सुनारको अध्यक्षतामा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’को प्रमुख आतिथ्यमा भेला भएको हो ।

जसको उपाध्यक्षमा लक्ष्मण केसी र भगवता चौधरी, सचिव देव गुरुङ, सहसचिव कर्णबहादुर पुन, कोषाध्यक्ष झुमा गुरुङ र सदस्य सचिव निमबहादुर बिक रहनुभएको छ ।

भेलालाई माओवादी केन्द्र दाङका संयोजक तुलसीराम पुन, संघका प्रदेश संयोजक लालबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य भरत तिवारीलगायतले बोल्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *