तुलसीपुर उवासंघमा तीन जनालाई सम्मान


शरद रेग्मी
तुलसीपुर, २७ साउन । तुलसीपुर उद्योग वाणिज्य संघले हालै विभिन्न क्षेत्रमा नियुक्त हुनुभ भएका तीन जनालाई सम्मान गरेको छ ।
संघले हालै मनोनित प्रदेशसभा सदस्य शंकरप्रसाद गिरी, भुमि सम्बन्धि समस्या समाधान आयोगमा नवनियुक्त केन्द्रीय सदस्य शोभाराम बस्नेत र नेपाली कांग्रेसको यातायात विभागमा केन्द्रीय सदस्यमा नियुक्त सुरेश हमाललाई संयुक्तरुपमा सम्मान गरेको हो ।

संघका अध्यक्ष वीरवहादुर रावतको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै तीनै जना व्यक्तित्वले दाङको विकासको साझा मुद्धालाइ राजनितिक आँखाले मात्र नहेरेर समझदारी र सहकार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनीहरुले तुलसीपुर खानेपानी तथा तुलसीपुर उद्योग वाणिज्यसंघमा पनि निर्विरोध रुपमा साझा नेतृत्व खोज्नुपर्ने पनि बताएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शंकरप्रसाद गिरीले आफुले दाङ लगायत ५ नं प्रदेशका जनताबाट पाएको समानुपातिक मतको सम्मान गर्दै दाङको विकाशमा सधै प्रतिबद्ध रहने बताए । वर्तमान अवस्थामा कोभीड(१९ को विश्वव्यापी संक्रमणले नेपाललाइ पनि त्रसित बनाउंदै आएको अवस्थामा आम नागरिकको स्वास्थ्य उपचार तथा संक्रमणबाट जोगाउने सवालमा प्रदेशसभामा जोडदार आवाज उठाउने पनि बताए ।

सम्मान कार्यक्रममा भुमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेतले अव्यवस्थित बसोबास रहेका जिल्लाका सबै भुभागमा भुमिहिनहरुको वास्तविक लगत लिन थालेको बताउँदै संघीय संसदले भुमिहिन सम्बन्धी विधेयक पारित गर्नासाथ आफुले पनि जिल्लामा काम थाल्ने बताए । आफुले लामो समयसम्म राजनीतिमा समय खर्च गरेको बताउँदै उनले जिल्लामा व्यवस्थित बसोबासको अवधारणालाई कार्यन्वयन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउपालिका र दंगिशरण गाउपालिकामा ऐलानी जग्गा भोगचलनको तथ्यांक लिनकालागी स्थानिय पालिकालाई आग्रह गरीसकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय यातायात विभागमा नवनियुक्त केन्द्रीय सदस्य सुरेश हमालले आफ्नो यातायात क्षेत्रमा क्रियाशिल लामो समयसम्मको अनुभवलाइ पार्टीले उच्च मुल्यांकन गरेकोमा केन्द्रीय समितिलाइ धन्यवाद व्यक्त गरे । सम्मान कार्यक्रममा उनले सार्वजनिक यातायात क्षेत्र धरासायी भएको अवस्थामा यसलाइ सुधार्न पार्टीले आफुलाइ सुम्पेको जिम्मेवारीलाइ कहिकतैपनि विचलित नभएर निर्वाह गर्ने बताए । सार्वजनिक यातायात क्षेत्रलाइ चलायमान गराउन र यातायात व्यवसायीका समग्र समस्यामा सरकार जिम्मेवारीपुर्वक नलागीरहेको अवस्थामा कांग्रेसले यातायात क्षेत्र सुधारका सन्दर्भमा आफुलाइ तोकेको जिम्मेवारी पुरागर्न आफु प्रतिवद्ध भएर लाग्ने बताए ।

स्वागत तथा सम्मान कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका निवर्तमान अध्यक्ष विमल रिजाल, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले सम्मान मन्तव्य व्यक्त गरेका थिए । संघका महासचिव रुप वहादुर खत्रीले सहजीकरण गरेको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😃
खुसी
0%
😂
सार्है खुसी
0%
😍
मन पर्‍यो
0%
😮
अचम्मित
0%
😠
आक्रोशित
0%
😢
दुःखी
0%
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *