घोराही ७ का ३६ घरलाई टिन हस्तान्तरण


घोराही, २७ साउन । घोराही उपमहानगरपालिका वडा नम्बर ७ ले वडालाई खरको छानो मुक्त बनाउन थालेको छ । यसैक्रममा वडाले पहिलो चरणमा ३६ घरलाई निशुल्क टिन उपलब्ध गराएको छ ।

वडा कार्यालयले मंगलवार एक कार्यक्रमको आयोजना गरि खरको छानो भएका ३६ घरलाई नगर प्रमुख नरुलाल चौधरी र वडा अध्यक्ष खोपीराम चौधरी सहितका जनप्रतिनिधीहरुले टिन हस्तान्तरण गर्नुभएको हो ।

नगर र वडाको १४ लाख रुपैयाँको लागतमा एक सय ७३ बण्डल टीन खरीद गरेर वितरण गरिएको हो । अझै वडामा ९३ घरधुरी खरको छानो भएका रहेका छन् । चालु आर्थिक बर्षमा पनि वडा कार्यालयले १० लाख रुपैयाँ खरको छानो मुक्त गराउने कार्यका लागि विनियोजन गरेको वडा अध्यक्ष खोपीराम चौधरीले जानकारी दिनुभयो ।

टिन वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले आगलागीबाट हुने जोखिम हटाउन र नागरिकहरुलाई सुरक्षित बनाउन खरको छानो मुक्त अभियान थालेको बताउनुभयो ।

वडा नम्बर १६ यस अघि नै खरको छानो मुक्त भैसकेको र अन्य वडाहरुमा पनि अबको दुईबर्षमा सबैको घर खरको छानो मुक्त हुने उल्लेख गर्नुभयो । आयस्रोत कम भएका र विपन्न परिवारहरुले खरको छानो फेर्न नसकेको भन्दै उहाँले अब सरकारले सुरक्षित छानो बनाईदिने काम थालेको बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *